सोमवार, साउन ११, २०७८
प्रमुख समाचार समाचार समाज र संस्कृति

नेपाल गुम्बा विहार महासंघले भन्यो पुर्ननिर्माणप्राधिकरणको निर्णय अमान्य

सुझाव संकलनका लागि केन्द्रीय सदस्यहरु परिचालन गर्ने निर्णय

काठमाडौं, पुस २४ । नेपाल गुम्बा विहार महासंघले भुकम्पले क्षतिग्रस्त गुम्बा विहार पुर्ननिर्माणका लागि पुर्ननिर्माण प्राधिकरणले गरेको पछिल्लो निर्णय त्रुटिपूर्ण, हचुवाको भरमा आएको गैह् जिम्बेवारपूर्ण निर्णय ठहर गरेको गर्दै उक्त निर्णय अमान्य भएको बताएको छ । गत शनिबार महासंघको केन्द्रीय कार्यसमतिले गरेको निर्णय अनुसार– “२०७४ भदौ २५ मा भएको ६ बुँदे सम्झौताको मर्म र भावना विपरित राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले १०० वर्ष भन्दा कम अवधिका र २ हजार वर्ग मिटर भन्दा कम क्षेत्रफल भएका गुम्बाको हकमा ५० प्रतिशत रकम स्थानीय तह र गुम्बा विहार उपभोक्ता समितिले जुटाउने व्यवस्था मिलाउने भन्ने विषय प्रति महासंघको गम्भिर ध्यानाकर्षण भयो ।

यस विषयमा महासंघ कार्य समितिले प्राधिकरणको निर्णय त्रुटिपूर्ण, हचुवाको भरमा आएको गैह्जिम्बेवारपूर्ण निर्णय ठहर गरेको” छ ।
यसै गरी बैठकले पुर्ननिर्माण प्राधिकरणको पछिल्लो निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै यस सम्वन्धमा स्थानीय सरकराहरुको धारणा बुझ्न महासंघकै केन्द्रीय प्रतिनिधिहरु रहनेगरी धारणा संकलनका लागि जिम्बेवारी समेत तोकेको छ । यसका लागि ओखलढुंगा/ सोलुखुम्बुका लागि ङिमा रिन्जी शेर्पा, संखुवासभा/सिन्धुपाल्चोकका लागि मिङ्मार लामा र काले शेर्पा, काभ्रे/भक्तपुरका लागि रामेश्वर ढकाल र सरस्वती वैद्य, काठमाडाका लागि सूर्यमान तामाङ, नुवाकोटका लागि जित बहादुर लामा, मकवानपुरका लागि अस्मिता लामा, दिपक सिङ्तान, धादिङका लागि दोर्जे गुरुङ, ललितपुरका लागि सानुबाबु लामा, सिन्धुली, चितव, गोरखा र रसुवाका लागि सोम्बले तामाङ र दिपक दोर्जे लामा, दोलखाका लागि सोम्बले तामाङ, दिपक दोर्जे लामा र मिङमार लामालाई जिम्बेवारी तोकेको छ ।

यसैगरी उक्त त्रुटिपूर्ण निर्णय सच्चाउन महासंघ बैठकले जोडदार माग गरेको छ । बौद्ध धर्मावलम्बिहरुको आश्था र भरोसाको केन्द्र गुम्बा, विहारहरुलाई पुनःनिर्माणमा नेपाल सरकारले देखाएको गैह्जिम्बेवारी र विभेदकारी निर्णय सच्चाउदैं ६ बुँदे सम्झौता अनुसार कार्य गर्न आग्रह गर्दै प्राधिकरणका प्रमुख अधिकृतलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको महासंघका सचिव दिपक दोर्जे लामाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू