शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार समाचार स्थानीय समाचार

बौद्ध बचाऔं संघर्ष समितिद्वारा चिनिया लामाको विरुद्ध प्रदर्शन

१७ माघ, काठमाडौं । बौद्ध बचाऔं संघर्ष समितिले बौद्धमा चिनीयाँ लामाको मनोमानी विरुद्ध आज विहिबार विरोध प्रदर्शन गरेको छ ।

समितिले बौद्ध स्तुपा परिसरमा पत्रकार सम्मेलन गरी चिनियाँ लामाले प्रतिवद्धता अनुसार कार्य नगरेको र बौद्ध स्तुपामा मनोमानी गरेको विरुद्धमा कारवाही समेत गर्न माग गर्दै अभियान सुरु गरिएको संघर्ष समितिका संयोजक खड्गजित लामाले बताउनु भयो ।

बौद्ध परिसरमा आयोजिक कार्यक्रममा स्थानीय बुद्धिजिवीहरु नेपालजित लामा, गजेन्द्र कुमार लामा, जयमंगल लामा, बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्ण कुमार लामा, बौद्धनाथ क्षेत्र विकास समितिकै वर्तमान अध्यक्ष राजकुमार लामा, धर्मगुरु नुर्वु लामा लगायतका प्रभावशाली व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलन पछि आयोजित विरोध ¥यालीमा सयौंको संख्यामा उपस्थिती रहेको थियो । विरोध र्याली बौद्ध परिसरस्थित ठकुराइन माम्को मन्दिरबाट शुरु भई बौद्धनाथ परिक्रमा गरी बौद्ध मुल सडकमा पनि सांकेतिक विरोध र्याली पछि कोण सभा गरिएको थियो ।
बौद्ध बचाऔं संघर्ष समितिले चरणबद्ध आन्दोलनका गर्ने जनाउँदै पहिलो दिन पत्रकार सम्मेलन गरी बिरोध सभा तथा र्याली आयोजना गरेको हो ।

यसैगरी दोस्रो दिन गुठी संस्थान केन्द्रीय कार्यालय, पुरातत्व विभागमा डेलिगेसनसहित ज्ञापन पत्र बुझाउने र ल्होछारपछि चरणबद्ध आन्दोलन गर्ने समेत घोषणा गरेको छ । अभियानमा बौद्ध धर्म र संस्कृतिको पक्षमा कार्य गर्ने संस्थाहरूको ऐक्यवद्धता रहेको जनाईएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू