मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार शिक्षा समाचार स्थानीय समाचार

गुणस्तरीय शिक्षाका लागि बालज्योती पाठशाला

काठमाडौं, १८ माघ । काठमाडौं नारायणटार प्रभुराम कोलनीमा रहेको नयाँ विद्यालय बालज्योती पाठशालाले गुणस्तरीय शिक्षा प्रदान गर्ने अठोटका साथ घरदैलो कार्यक्रम शुरु गरेको छ ।

शैक्षिकशत्र २०७४/०७५ अन्र्तगत २०७६ बैशाखबाट कक्षा संचालन गर्न लागेको विद्यालयले स्थानीय अविभावकहरुलाई विद्यालयले प्रदान गर्ने गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिनका लागि घरदैलो कार्यक्रम शुरु गरेको हो । बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि कुनै सम्झौता नगर्ने प्रधानाध्यापक विक्रम पौडेलले जानकारी दिनु भयो ।

यस शैक्षिक वर्षबाट बालज्योती पाठशालाले पी.जी. देखी ४ कक्षासम्म कक्षा संचालन गर्ने जानकारी दिंदै सरस्वतीपूजाको दिनबाट अक्षरारम्भ भर्नाका लागि पी.जी.का लागि विशेष छुटमा भर्ना गर्ने प्रधानाध्यापक पौडेलले जानकारी दिनु भयो ।

विद्यालयले तालिमप्राप्त शिक्षकहरुबाट अध्यापन गराउने जानकारी दिंदै आधुनिक र गुणस्तरीय शिक्षाका लागि आवश्यक आई.सी.टी.पद्धती, मल्टिमिडिया पद्धती, प्रोजेक्ट वर्क, शैक्षिक भ्रमण, तथा अतिरिक्त क्रियाकलापका साथै पारिवारिक वातावरणमा शिक्षा दिने जनाएको छ ।

समय सुहाउँदो शैक्षिक जनशक्ति विकासका लागि व्यवहारिक शिक्षामा जोड दिने र विद्यालयमा स्वस्थ र पोषिलो खाजा नास्ताको व्यवस्था गर्ने तथा पर्याप्त शैक्षिक सामग्री, पुस्तकालयका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै यातायातको सुविधा र नियमित रुपमा अविभावकहरुलाई बालबालिकाको शैक्षिक प्रगतीको जानकारी दिने व्यवस्था समेत गरिएको प्रधानाध्यापक विक्रम पौडेलले जानकारी दिनु भयो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू