आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार समाचार समाज र संस्कृति

ह्याङला तामाङ ह्युलको सोनाम ल्होछार शुभकामना कार्यक्रम सम्पन्न

काठमाडौं, २६ माघ । ह्याङला तामाङ ह्युलले आज तामाङ समुदायको महान पर्व सोनाम ल्होछार २८५५ को अवसरमा कार्यक्रम सम्पन्न गरेको छ । नुवाकोट दुच्चेश्वरमा स्थापना भएको ह्याङला तामाङ ह्युलले दुप्चेश्वरबाट विभिन्न कामको सिलसिलामा काठमाडौंमा रहेका दुप्चेश्वरवासी तथा संस्थाका सदस्यहरुको उपस्थितीमा काठमाडौं बुढानीलकण्ठमा शुभकामना आदानप्रदान तथा तामाङ समुदायका भावना समेटिएका गीतमा नृत्य प्रस्तुती सहित कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नुवाकोट दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिंह तामाङ हुनुहुन्थ्यो भनें अन्य अतिथीहरुमा ह्याङला तामाङ ह्युलका वरिष्ठ सल्लाहकार महेन्द्र बहादुर थिङ, दुप्चेश्वर गाउँपालिकाका वडा नं ४ का अध्यक्ष इरमान तामाङ, दुप्चेश्वर गाउँपालिकाका वडा नं ४ का सदस्य सुकमान तामाङ। साहित्यकार तथा कवि विना थिङ, निर्माण व्यवसायि दिल बहादुर तामाङ, टे«किङ व्यवसायि माधव लामा, पब्लिक हेल्थ केयरका अध्यक्ष रुप बहादुर तामाङ, कर्मचारी सञ्चय कोषका नायब सुब्बा छोवाङ हिस्से तामाङ, बुढानीलकण्ठका पूर्व गाविस सचिव प्रदीप कुमार लामा लगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथी तथा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिंह तामाङले शिक्षा विना समुदायको विकास नहुनेमा जोड दिनु हुँदै तामाङ समुदायको शैक्षिक विकासमा सहकार्य गर्न आग्रह गर्नुभयो ।

ह्याङला तामाङ ह्युलका वरिष्ठ सल्लाहकार महेन्द्र बहादुर थिङले सामुदायिक विकास र संस्कृतिको संरक्षण प्रवद्धर्नका लागि संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष लेखत बहादुर तामाङले संस्थाका सदस्यहरुलाई भैपरि आउने समस्याको समाधानका लागि एकजुट हुन संस्थाको भूमिका महत्वपूर्ण हुने जोड दिनु हुँदै सामुदायिक विकासका लागि सबै एकजुट हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य फूल लामाले दिनु भएको थियो भने कार्यक्रम संचालन राजेश तामाङले गर्नु भएको थियो ।

कार्यक्रमको शुरुवात लामा गुरुहरु जीत बहादुर लामा र जम्बू लामाको स्वस्तिशान्ति पुजाबाट भएको थियो । कार्यक्रममा लामा गुरुहरुबाट आशिर्वाद लिने, प्रसाद वितरण गरिएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू