बुधबार, असार २, २०७८
समसामयिक समाचार स्थानीय समाचार

एकिकृत वागमति सभ्यता आयोजनामा तालाबन्दी गर्ने पिडितको चेतावनी

काठमाडौं, २६ माघ । बागमति सरसफाईको ३०० औं हप्ता मनाईरहँदा बागमति पिडित किसान समितिले एकिकृत वागमति सभ्यता आयोजनामा प्रदर्शन गरेको छ । शनिबार पिडित किसानहरुले आयोजना विरुद्ध नारावाजी गर्दै आयोजनामो मुल गेटमा कालो ब्यानर सहित प्रदर्शन गरेका छन् ।

यसअघि विभिन्न समयमा भएका निर्णयहरु कार्यान्वयन गर्न पिडित किसानहरुसँग भएका निर्णयहरु कार्यान्वयन गर्न आयोजनाले आलटाल गर्ने, न्याय दिने आश्वासन दिएर पनि मुआब्जा तथा क्षतिपूर्ति दिने प्रक्रियालाई अगाडि नबढाएकोले विरोधको कार्यक्रम गर्नु जरेको समितिले बताएको छ ।

शनिबारको कार्यक्रम समितिको तर्फबाट कठोर आन्दोलनको शुरुवात भएको भन्दै शान्तिपूर्ण प्रयासलाई आयोजनाले नटेरेकोमा आक्रोशित किसानहरु माघ २७ गतेबाट आयोजनामा ताला लगाउने लगायतका कार्यक्रम गर्न बाध्य हुने संघर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले बताउनु भयो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू