मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार समसामयिक समाचार स्थानीय समाचार

वागमति पिडितको आन्दोलनमा जनप्रतिनिधिको ऐक्यबद्धता

काठमाडौं, २ फागुन । वागमति पिडित संघर्ष समितिले आज आयोजना गरेको जनप्रतिनिधिसँगको अन्र्तक्रिया कार्यक्रममा संघीय सांसद, प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिहरुले ऐक्यबद्धता जनाउनुका साथै पिडित किसानको पक्षमा न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ३ बाट संघीय संसदका सांसद कृष्ण राईले वागमति आयोजनाको नाममा पिडित किसानहरुको पक्षमा वर्षौं देखि आफूले आवाज उठाउँदै आएको बताउनु हुँदै न्यायका लागि किसानहरुसँगै जिम्बेवार निकायको ध्यानाकर्षण गर्न र प्रधानमन्त्रीको तहसम्म किसानहरुसँगै डेलिगेसन जान पनि आफू तयार रहेको बताउनु भयो ।

प्रदेश सभाका सांसद रामेश्वर फूयाँलले अहिले पिडित किसानहरु एकताबद्ध भई अगाडी बढ्नु पर्ने आवश्यकता रहेकोमा जोड दिनु हुँदै सबै पक्ष मिलेर अगाडी बढे अहिलेको बलियो सरकारले किसानलाई न्याय दिने बताउनु भयो । उहाँले अहिलेको बलियो सरकारलाई समस्याको महशुष गराउन सके न्याय मिल्ने बताउनु हुँदै सबै पक्ष मिलेर दबाब दिन अगाडि बढ्न आग्रह गर्नु भयो ।

त्यसैगरी प्रदेश सभाका सांसद छिरिङ दोर्जे लामाले पिडित किसानहरुले दबाबमुलक कार्यक्रमहरुसँगै जिम्बेवार निकायमा डेलिगेसन तथा ध्यानाकर्षण गर्न जरुरी रहेको औंल्याउनु हुँदै त्यस्ता कार्यक्रममा जनप्रतिनिधिको पनि ऐक्यवद्धता रहने बताउनु भयो । संघर्ष विना न्याय पाउन सजिलो नभएकोमा जोड दिनु हुँदै उहाँले जिम्बेवार निकायको हेपाहा प्रवृत्ति विरुद्ध आन्दोलनकारी किसानहरु एकजुट भएर सशक्त प्रतिवाद गर्नु पर्ने आवश्यकता औंल्याउनु भयो ।

कागेश्वरी मनोहरा नगरपालिकाका अध्यक्ष कृष्णहरी थापाले पिडितहरुले लामो समय संघर्षमात्र गरिरहनु परेकोले समस्या समाधानका लागि स्थानीय निकायका जनप्रतिनिधी, संघीय र प्रदेश सभाका सांसद तथा सरोकारवाला किसानहरु एकताबद्ध भएर दवाव दिए समस्याको समाधान छिटो हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले समस्या समाधानमा वर्षौं संघर्ष भईरहेकोले न्यायका लागि संघर्ष समिति, स्थानिय निकाय र जनप्रतिनिधिहरुले सशक्त ढंगले अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष रमेश अर्याल, वडा नं ५ का अध्यक्ष नारायण सुवेदी, वडा नं ८ का अध्यक्ष मनोज ढुंगानाले न्यायका लागि संघर्ष समितिको कार्यक्रममा ऐक्यबद्धता जनाउनु हुँदै आन्दोलनबाटै व्यापक दवाव श्रृजनागर्न संघर्ष समितिलाई आग्रह गनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै संघर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले समिति सबै पिडित किसान र जनप्रतिनिधिहरुलाई एकताबद्ध गर्दै आगामी दिनमा अझै कडा संघर्षका कार्यक्रम गर्ने दृढता व्यक्त गर्नहुँदै न्याय नपाएसम्म वागमति आयोजनाको कुनै पनि निर्माण कार्य अगाडि बढ्न नदिने बताउनु भयो ।

वागमति पिडित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा स्थानीय वुद्धिजिवी, पिडित किसानहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू