शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार समाचार

पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं, १५ फागुन। तेह्रथुमकाे आठराई चुहानडाँडामा एयरपाेर्टको सम्भाव्यता अध्ययनका लागि स्थलगत भ्रमण गरी फर्किएलगत्तै पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको छ ।

चुहान डाँडाको कार्यक्रम सकेर पाथिभरा जाने क्रममा ताप्लेजुङको सिस्नेमा हेलिकाेप्टर दुर्घटना भएको आठराई चुहानडाँडाबाट पत्रकार अमृत बास्ताेलाले जानकारी दिए ।

सो हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ६ जना सवार रहेको डायनोस्टिक एयरले जनाएको छ ।  दूर्घटनास्थलमा ताप्लेजुङ र तेह्रथुम दुवैतर्फबाट सुरक्षाकर्मी परिचालन गरिएको छ । उद्धारका लागि थप टाेली काठमाडाैंबाट बाेलाउने तयारी भइरहेकाे बताइएको छ ।

गृहमन्त्रालयमा आकस्मिक बैठक

पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दूर्घटनापछि गृह मन्त्रालयमा सुरक्षा निकायको आकस्मिक बैठक बसेको छ । सुरक्षा निकायका सबै संयन्त्रको गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको हो । बैठक पछि गृहले सबै सुरक्षा निकायका संयन्त्रलाई मोविलाइज हुन निर्देशन दिएको छ । मन्त्रालयमा प्रहरी प्रमुख सर्वेन्द्र खनालसहितका अधिकारीहरु गृह मन्त्रालय पुगेका थिए ।

ताप्लेजुङ जाने क्रममा पर्यटनमन्त्री अधिकारी सवार एयर डायनेस्टिक हेलिकोप्टर क्यास भएको हो । हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित  प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, आङक्षिरिङ शेर्पा, विरेन्द्र प्रसाद क्षेष्ठ र अर्जुन कुमार घिमिरे  रहेको गृहले जनाएको छ ।

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गर्न जाँदै गर्दा दुर्घटना भएको बताईएको छ ।  दूर्घटनामा मानविय क्षति भए नभएको जानकारी आउन बाकिँ छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू