सोमवार, साउन ११, २०७८
प्रमुख समाचार समाचार

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाकै निधन

काठमाडौं, १५ फागुन। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

पाइलट प्रभाकर केसीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकोप्टर सवा १ बजेदेखि सम्पर्कविहीन भएको थियो । प्रहरीका अनुसार पाथीभराबाट १ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर पाँच मिनेटमै सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए ।

दुर्घटनामा ज्यान गुमाउनेहरु 

रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स

वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण

अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो

युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू