शनिबार, जेष्ठ २९, २०७८
अर्थवाणिज्य प्रमुख समाचार समाचार

शान्ति सेनामा जाने सैनिकको भत्ता बढ्यो

काठमाडौं, भदौ ३१ । नेपाली सेनाले शान्ति सेनामा खटिने सैनिकको भत्ता बढाएको छ। सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले भत्ता बढाउने निर्णय गरेको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले सिपाहीले प्रति महिना ८५ अमेरिकी डलर भत्ता बढाएको हो। हाल उनीहरूले मासिक अमेरिकी डलर १०२९ प्राप्त गर्छन्। भत्ता बढाइएपछि अब उनीहरूले प्रति महिना अमेरिकी डलर १११४ पाउनेछन्।

गण कमान्ड गर्ने गणपति प्रमुख सेनानीको भत्ता अमेरिकी डलर २१ बढाइएको छ। महिनामा १३७८ अमेरिकी डलर भत्ता उने प्रमुख सेनानीले अब १३९९ डलर पाउनेछन्। बढेको भत्तादर १ अक्टोबर देखि लागू हुने छ।

सन् १९५८ देखि नेपाली सेना राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी भएको हो।

राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा अहिले पाँच हजार भन्दा बढी नेपाली सैनिक कार्यरत छन्। ४३ मिसनमा गरी हालसम्म एक लाख २७ हजार ३९० सैनिक शान्ति स्थापनामा सहभागी भएका छन्। अहिले नेपाली सेना १२ देशमा शान्ति मिसनमा खटिएका छन्।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू