शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार समाचार स्थानीय समाचार

बौद्धमा कांग्रेसको जागरण अन्तरक्रिया सम्पन्न

काठमाडौं, २ असोज । नेपाली कांग्रेस बौद्ध वडा नं. ६ इकाइ समितिले वि.पि.कोइरालाको १०६ औं जन्म जयन्तीको अवसरमा दोश्रो चरणको जागरण अभियान अन्र्तगत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कांग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अम्बिका बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस ६ नं वडा इकाइ समितिका सभापति भुवन लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय प्रतिनिधि उर्मिला के.सी., काठमाडौं क्षेत्र नं. ३ का सभापति तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, ३ नं क्षेत्रकै प्रदेश क सभापति सत्यभामा श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. ६ का अध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज ढुंगाना, कांग्रेसका निर्वाचित स्थानीय प्रतिनिधि, बुथ सभापतिहरु, भातृ सङघ संस्थाका पदाधिकारी लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी अम्बिका बस्नेतले देशमा विकास र स्थिरताका लागि नेपाली कांग्रेसले सबै आन्दोलनहरुको नेतृत्व गरेको बताउनु हुँदै नेपाली कांग्रेस जनता अधिकारको लागि सँधैं सङघर्ष गर्न तयार रहेको बताउनु भयो । यसका लागि पार्टि एकताबद्ध र बलियो हुनुपर्नेमा जोड दिनु हुँदै जागरण अभियानबाट कार्यकर्ता र जनताको भावना अनुसार पार्टि बलियो बन्ने दावि गर्नु भयो । उहाँले अगाडी भन्नु भयो– जागरण अभियानबाट कार्यकर्ता जागे पछि, नेपाली कांग्रेसका योगदानहरुका बारेमा जनतालाई बुभलाउन र जगाउन सजिलो हुनेछ । पार्टि एकताबद्ध र बलियो हुनेछ ।

कार्यक्रमका विशिष्ठ अतिथी सन्तोष चालिसेले जागरण अभियान सरकारका गलत कामहरुलाई खवरदारी गर्न जनतालाई जगाउने र जनताको भावना बुझेर पार्टि बलियो बनाउने अभियान भएकोले जनताको घरघरमा पुगेर जागरण गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।
केन्द्रीय प्रतिनिधि उपर्मला के.सी.ले कार्यकर्ता पार्टिको जग भएकाले जागरण अभियानले पार्टिलाई बलियो बनाउने बताउनु भयो । जागरण अभियानले कार्यकर्तामा उत्साह भरिने, पार्टिमा गुटबन्दी समाप्त भइ पार्टि शुद्धिकरण हुने बताउनु भयो ।

नेपाली कांग्रेस बौद्ध वडा नं. ६ इकाइ तथा कार्यक्रमका सभापति भुवन लामाले जागरण अभियानले इकाइ देखि नै पार्टि अझ बलियो बन्नेमा जोड दिनु हुँदै स्थानीय स्तरमा नेपाली कांग्रेस बलियो भएकोले स्थानीय चुनाव र प्रदेश सभामा सानदार जित भएको बताउनु भयो । उहाँले अन्र्तक्रियामा आउने सुझावहरु अनुशरण गर्दै आत्मसाथ गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

अन्र्तक्रिया कार्यक्रममा काठमाडौं क्षेत्र नं. ३ प्रदेश (क) का सभापति सत्यभामा श्रेष्ठ, वुद्धिजिवी डा. विष्णु दाहाल, लेखक तथा वुद्धिजिवी मधुसुदन पाण्डेय लगायत अनमोल श्रेष्ठ, गायत्री पुडासैनी, श्रीराम चालिसे, बद्री तिमल्सिना, दिवाकर न्यौपाने, पेशल पहाडीले आफ्ना विचारहरु व्यक्त गुर्न भएको थियो । कार्यक्रमको समापन मन्तव्य इकाइ समितिका उपाध्यक्ष धर्मसागर ढकाल र कार्यक्रम सञ्चालन सचिव अजिप लामाले गर्नु भएको थियो । कार्यक्रम बौद्ध रामहिटिस्थित क्लब मण्डलामा भएको थियो ।

नेपाली कांग्रेसको दोश्रो चरणको जागरण अभियान भदौ २४ गतेबाट शुरु भई असोज ७ गते सम्पन्न हुनेछ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित दोश्रो चरणको अभियानमा प्रत्येक क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटिइएका छन् । यस अभियानका क्रममा बिपी कोइरालाको १०६ औं जन्म जयन्तीको दिन परेकाले प्रतीकात्मक रुपमा १ सय ६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा रोपिने छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू