आइतवार, चैत्र २९, २०७७
तीर्थ र पर्यटन धर्म-दर्शन समाचार

रिता यसमाली मगर बुद्ध जन्मभूमिको सन्देश बोकेर श्रीलंका भ्रमणमा

काठमाडौं, ९ असोज । समाजसेवी रिता यसमाली मगर बुद्ध जन्मभूमिको सन्देश बोकेर श्रीलंका जानु भएको छ । बुद्ध जन्मभूमीबारे फैलाईएको भ्रम हटाउनकालागी जनस्तरमा भेटघाट गर्ने उदेश्यका साथ श्रीलंका भ्रमण गर्न लागेको उहाँले बताउनु भयो ।

एकहप्ते भ्रमणका लागि २६ तारिखमा श्रीलंका जानु भएकी मगरले श्रीलंकाको विभिन्न स्थानका जनतासँग अन्र्तक्रिया गर्नु हुनाको साथै बुद्ध विहारहरुको पनि भ्रमण गर्नु हुनेछ । श्रीलंकामा ९० प्रतिसत बौद्धधर्मावलम्बि रहेका छन् ।

समाजसेवाको क्षेत्रमा विशेष कार्य गर्दै आउनु भएकी मगरले बुद्ध जन्मभूमिको सन्देश बोकेर यस अघि अमेरिका, सिंगापुर, थाइल्याण्ड, भुटान, भारतमा गइसक्नु भएको छ ।

विश्वशान्तिका लागि भगवान बुद्धका उपदेशहरु महत्वपूर्ण भएकोले सबै नेपालीहरुले भगवान बुद्धका उपदेश शिक्षा प्रचारप्रसार गर्न आफ्ना तर्फबाट सक्दो प्रयास गर्नुपर्ने मगरले बताउनु भयो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू