सोमवार, साउन ११, २०७८
प्रमुख समाचार स्थानीय समाचार

बौद्ध नाथ स्तुपामा शान्ति पुजा कार्यक्रममा झडप

काठमाडौं, ११ असोज । विश्व सम्पदा सुचीमा समावेश बौद्ध नाथ स्तुपामा आज क्षमापुजा तथा शान्ति दिप प्रज्वलन कार्याक्रममा चिनियाँ लामा पक्षधर र विरोधमा उत्रिएका स्थानीय बासिन्दा बीच झडप भएको छ ।

बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापुजा तथा दीप प्रज्वलन कार्यक्रम बिथोल्न पुगेका स्थानीय र शान्ति पुजाको आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त भएको थियो ।

झडपको संभावनाका बीच दर्जनौं प्रहरी परिचालन गरेर पनि स्थितीसाम्य नभए पछि शुरु गरिएको पुजा झडपका कारणले बीचमै बिथोलिएको थियो ।

आयोजक र स्थानीय बीचमा झडप रोक्न दर्जनौं प्रहरी खटिएका भएपनि झडप भएको थियो । झडपमा परि केही व्यक्तिहरु सामान्य घाइते भएका छन् । विरोधका बीच धर्मगुरु भुपति बज्र लामा कार्यक्रमस्थलमा आएपछि विरोधीहरु र समर्थक बीचमा ठेलमठेल गरी हात हालाहालको भएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू