बुधबार, असार २, २०७८
प्रमुख समाचार समसामयिक

‘देश सीको भ्रमण ऐतिहासिक र सार्थक बनाउन एकताबद्ध छ’

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण तथा सहकार्य एवं मित्रताको नयाँ र लोभलाग्दो उचाइमा पुर्याउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता व्यक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र जनवादी चीनका राष्ट्रपति सी चिनफिङबाट हुने नेपालको राजकीय भ्रमणका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रमणका कार्यसूचीका विषयमा दुवै देशका अधिकारीबीच भइरहेको छलफलको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढिरहेको उल्लेख गरे ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहबिार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले भ्रमणका लागि उच्च सुरक्षा तयारी र सतर्कता कायम गरिएको र यसलाई पूर्ण रुपमा सफल र ऐतिहासिक बनाउने कुरामा सबैपक्ष पूर्णरुपमा सहमत, सचेत र गम्भीर भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत, विज्ञ तथा चीनका लागि नेपाली पूर्वराजदूतसमेतको बैठक आयोजना गरेको र उक्त बैठकमा प्रधानमन्त्रीले भ्रमणलाई ऐतिहासिक बनाउन सबैको साथ र सहयोग रहने तथा यसलाई ऐतिहासिक बनाउन भ्रमणका क्रममा कुनै प्रयास बाँकी नराखिने बताएको मन्त्री बाँस्कोटाले जानकारी दिए । बैठकमा दुई देशका नेताहबीचको सम्बन्ध पूर्ण विश्वासिलो बन्नुपर्छ भन्ने सुझाव आएको र सरकारले त्यसलाई सकारात्मक रुपमा ग्रहण गरेको सरकारका प्रवक्ताले बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू