मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार

चिनियाँ राष्ट्रपति सी आज आउनुहुँदै

काठमाडौँ, असोज २५ गते । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले चिनफिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिवार काठमाडौँ आउँदै हुनुहुन्छ । विशेष विमानमार्फत उहाँ नेपाल आउनु हुँदा त्रिभुवन विमानस्थलमा उहाँलाई उच्च सम्मानका साथ स्वागत गरिनेछ । उहाँकै स्वागत र सुरक्षाका दृष्टिले करिब एक घण्टा विमानस्थलको उडान रोकिनेछ ।
राष्ट्रपति सी अपराह्न राष्ट्रपति भवन शीतल निवास पुग्नुहुनेछ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीको विशेष स्वागत गर्नुहुनेछ । आफ्ना समकक्षी सीसँग राष्ट्रपति भण्डारीको शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ । शनिबार नै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको स्वागतमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीसँग विशेष भेटवार्ता गर्नुहुनेछ । सोही अवसरमा राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपाल चीनबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । त्यस्तै विभिन्न राजनीतिक दलका उच्च नेताले राष्ट्रपति सीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू