सोमवार, चैत्र ३०, २०७७
प्रेरक व्यक्तित्व विश्व समाचार

आईजीपी खनाल इन्टरपोलको महासभामा भाग लिन चिली प्रस्थान

काठमाडौं, २७ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा यही असोज २८ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ८८ औं महासभामा भाग लिन खनाल आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रहरी महानिरीक्षक खनालसँगै केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसमेत चिली गएका छन् ।

प्रहरी महानिरीक्षक खनाल नेतृत्वको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरेका थिए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू