आइतवार, चैत्र २९, २०७७
विचार

विरानो देशबाट जन्मभुमिको सम्झना

कैलाश रामदाम, 
हाल : जापान ।  

प्यारो जन्मभूमि नेपाल, यो बिरानो मुलुकबाट आज अचानक केही शब्दहरुबाट सम्झन मन लाग्यो । आज भौतिक शरीर सात समुन्द्रपारी प्रवासमा भए पनि यो मेरो मन र मस्तिष्कमा आफ्नै जन्मभुमी छ, तिनै उकाली–ओराली, भञ्ज्याङ्–चौतारी, लेक–बेसि, कुना–कन्दरा मेलापातमा गुञ्जने गीत–संगीत अनि तिनै आफन्त इष्टमित्र साथी भाईहरुमा रमाइरहेको छ, झनै सम्झना मनैभरी छ । ति चाडपर्वहरुको, दशै तिहार एकादशी लगत्तै लहरै आउने चाडपर्वहरु, अनि मनै लोभ्याउने सौन्दर्यको बयान गरेर साध्य नै नहुने मेरो जन्म गाउँ, यतिखेर त झनै बडा दशै नजिकीदै छ ।


एउटा नयाँ सोच र नयाँ जोसले समाजलाई सकारात्मक हिसाबले रुपान्तरण गर्न टेवा पुर्‍याउछु, तर बिडम्बना, पल्लो घरको माइलो र साइलो दाई जागीरे, सँगै पढेका साथीले डलर, रियल अनि माथ्लो घरको कान्छो दाईले छाएको तिनको छानोको घर, अनि देशमा दिनानुदिन बढीरहेको बेरोजगारीमा भौतारिरहदाको पिडा, प्राणप्यारी मायालु अनि उमेरले ६० काट्दै गरेका आमा–बुबा, अनि जस्तोसुकै अवस्था पनि ज्यानै दिन तयार हुने साथी भाईलाई चटक्कै छोडी सात समुन्द्र पारी प्रवासमा लाग्नुको पिडा साच्चिकै सम्झि नसक्नु छ । 


गाउँघरमा हजारि फुलहरु मखमली फुलहरु फुलेका होलान । फुलहरुमा भमराहरु झुमेका होलान् , ति पुराना माटाका घरहरु लिपपोत गरेर रंगीचंगी बनाए होलान् । साथी भाईहरु पिङ बनाउने तयारी गर्दै होलान् । खै कसरी सम्झौ ति रमाइला र अविस्मरणीय पलहरु । आज टाढाबाट भए पनि सुमधुर सम्झनाका साथ बडा दशैको शुभकामना छ । आज मेरो भौतिक शरीर भौतिक विकासको चरम बिन्दुमा रहेकोे यो परदेशी भुमिमा भए पनि मैले आफ्नो मातृभुमी, गाउघर चाड पर्वलाई पटक्कै माया मारेको छैन, स्कुल पढ्दा सोच्ने गर्थे आफ्नै जन्मभुमिमा दश नंग्रा खियाएर मिहिनेती र स्वाभिमानि बन्छु । अनि, एउटा नयाँ सोच र नयाँ जोसले समाजलाई सकारात्मक हिसाबले रुपान्तरण गर्न टेवा पुर्‍याउछु, तर बिडम्बना, पल्लो घरको माइलो र साइलो दाई जागीरे, सँगै पढेका साथीले डलर, रियल अनि माथ्लो घरको कान्छो दाईले छाएको तिनको छानोको घर, अनि देशमा दिनानुदिन बढीरहेको बेरोजगारीमा भौतारिरहदाको पिडा, प्राणप्यारी मायालु अनि उमेरले ६० काट्दै गरेका आमा–बुबा, अनि जस्तोसुकै अवस्था पनि ज्यानै दिन तयार हुने साथी भाईलाई चटक्कै छोडी सात समुन्द्र पारी प्रवासमा लाग्नुको पिडा साच्चिकै सम्झि नसक्नु छ ।

आज जन्मभुमि छोडेको पनि धेरै बर्ष भैसक्यो मनमा हजारौं जिज्ञासाहरुले सताइरहेको छ, कस्तो भयो होला मेरो जन्मभुमी ? सदाका साथी–संगी, चाडपर्व, कहालिलाग्दो उकाली–ओरालीका बाटोहरु, देवदेवि स्थानहरु अनि गंगासरी बगिरहेको लिखु र सुनकोशी नदिलाई, आज मुटुभरी सजाएर अनेकौं सपना र आशाहरु बोकि जन्मभूमिसँगको बिछोडलाई सम्झिदा कताकता अघिल्लो जुनिको पाप काट्दै गरेको आभास हो कि जस्तो पनि लाग्छ । तै पनि ति तिता–मिठा सपना अनि व्यथाहरुको परिजालोलाई हराउनु पहिलो कदम हो भन्ने सोचेर आफुलाई हरक्षण सम्हाल्दै अघि बढिरहेको छु ।

हिजो मात्रै बुढि आमाले लामो शब्दमा छोरा सन्चै छौ ? कहिले घर फर्किन्छौ ? बेलैमा खाना खायौ ? काम पनि धेरै दुख होला ? भन्दै फोन गर्दा आफुलाई सम्हाल्न सकिनँ । एकाएक आफैमा हराएँ, स्तब्ध भए, प्रतिउत्तरमा भावुकतामा डुब्नु बाहेक केहि थिएन । प्राण प्यारी आमा मलाई थाहा छ हजुरले तातेताते भन्दै हिड्न बोल्न सिकाउनु भयो थाहै भएन । हजुरको अथाह माया र काखमा बाल्यकाल बितेको, बिस्तारै उमेरसँगै बढेको जिम्मेवारी लाई पुरा गर्न आज हजरुको न्यानो काखलाई छोडी बिरानो देशमा छु । थाहा छैन यो ज्यान जिउँदो फर्किन्छ या बाकसमा लास ? तर जन्म भुमिको माटोसँग यो पबित्र सम्बन्ध गासिएको छ, आशा छ एकदिन अवश्यपनी जन्म भुमीमा फर्किने छु र हजुर सबैसँग रमाउने छु ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू