काठमाडौं, २७ असोज २०७६ । एनआरएनएमा कुल आचार्यको प्यानल घोषणा भएको छ । आज काठमाडौंमा आयोजित क्रार्यक्रममा जित्ने आधारहरुका सहित प्यानल घोषणा गरिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्नो प्यानल सार्वजनिक गर्दै संस्थामा राजनीतिक रंग नभएको दाबी गरेका छन् ।
‘हामी सबै एनआरएनए हौं, राजनीतिक आग्रह र पूर्वाग्रह छैन्,’ उनले भने,‘एनआरएनए अभियानमा लागेदेखि आजसम्म आफू पराजित नभएकोले यस पटक पनि विश्वभरका एनआरएनएका साथीहरुको अत्याधिक माया पाएको छु ।’
उनले आफ्नो प्यानल समावेशी र सबैको भावनालाई सम्मान गर्ने किसिमको भएको दावी पनि उनले गरे । ‘हामीसँग अनुभवी र क्षमतावान साथीहरु टिममा रहनुभएकाले जितका लागि प्रशस्त आधारहरु छन्’ उनले भने ।
संघको नवौं महाधिवेशनमा भाग लिन विश्वभरिबाट गैरआवासीय नेपालीहरु काठमाडौं आईसकेका छन् । कतिपयले उम्मेद्धवारी समेत घोषणा गरिसकेका छन् ।
Add Comment