बुधबार, असार २, २०७८
प्रमुख समाचार विश्व समसामयिक

गैरआवासीय नेपाली संघको नवौं अधिवेशन आजबाट शुरु, अध्यक्षको प्रत्यासीमा कुमार पन्त र कुल आचार्य

काठमाडौं । २८ असोज २०७६ । गैरआवासीय नेपाली संघको आईसीको नवौं अधिवेशन आजबाट शुरु भएको छ । आज काठमाडौंमा अधिवेशनको उद्घाटन राष्टपति विद्यादेवि भण्डारीले गर्नु हुनेछ । यसैबीच गैर आवासीय नेपाली संघ आईसीको अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन् ।

दुवै अध्यक्षका प्रत्यासीहरुले पत्रकार सम्मेलन गरेर आफु चुनावी मैदानमा उत्रिएको घोषणा गरिसकेका छन् । एनआरएनएमा आफ्नो १२ वर्षको अनुभव र संस्थामा पुर्याएको योगदान आफ्नो आधार भएको अध्यक्षका प्रत्यासी कुल आचार्यले बताए ।आचार्यले आफ्नो १० वटा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान उपाध्यक्ष कुमार पन्तले गैर आवाशीय नेपालीहरुको हितमा आफूले निश्वार्थ भएर काम गरेकोले अध्यक्षमा जित्ने दावि गरे।यसैगरी हिजो कुल आचार्यले पत्रकार सम्मेलन गरी आफनो प्यानल घोषणा गरेका छन् । आचार्यको प्यानलमा उपाध्यक्षमा डा। पौडेलसँगै, मन केसी ९अष्ट्रेलिया०, नरेन्द्र भाट ९मध्यपूर्व०, रबिना थापा ९अमेरिका०ले उम्मेदवारी दिने भएका छन् । यस्तै वर्तमान सह-कोषाध्यक्ष सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

वर्तमान अध्यक्ष भबन भट्टले नयाँ कार्यकालका लागि उम्मेद्धवारी नदिने बताइसकेका छन् ।

एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् । यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने विधानमा व्यवस्था छ । तर, सीमित पदहरूमा धेरैले आकांक्षा देखाउने गरेपछि अघिल्ला महाधिवेशनदेखि नै एनआरएनएमा रोचक चुनावी भिडन्त हुने गरेको छ ।

एनआरएनएले सोमबार पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार, सम्मेलनमा सहभागिताका लागि २५ सय प्रतिनिधि काठमाडौं आइपुगेका छन् भनें बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान भइसक्ने र निर्वाचन सम्पन्न भएको दुइ घण्टामा मतगणनाको नतिजा आईसक्ने बताएको छ ।

(रविराज रिमाल) 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू