बुधबार, असार २, २०७८
प्रमुख समाचार समाचार

एनआरएन महासचिवमा जानकी गुरुङ र हेमराज शर्मा भिड्दै, एसिया प्रशान्त क्षेत्रीय संयोजकमा केपी सिटौला बलियो

काठमाडौं, २९ असोज २०७६ । बेल्जियम निवासी व्यवसायी जानकी गुरुङ र डा. हेमराज शर्मा बिच एनआरएन महासचिवमा तिब्र प्रतिश्पर्धा हुने भएको छ ।

अध्यक्षका उम्मेदवार कुल आचार्य समूहले जानकी गुरुङलाई महासचिवमा उठाएको छ ।अध्यक्षका अर्का उम्मेदवार कुमार पन्त समूहबाट उम्मेदवार बनेका डा. हेमराज शर्मा लोकतान्त्रिक विचारधाराका मानिए पनि वामपन्थी प्यानलबाट उम्मेदवारी दिंदैछन् ।

यस्तो अवस्थामा शर्मालाइ लोकतान्त्रिक समुहले मतदान नदिने र लोकतान्त्रिक मत जानकी गुरुङलाई जाने विश्लेषण हुन थालेको छ ।

गुरुङलाई महिला आदीवासी जनजातिको समेतको भोट थपिन आउने भएकोले महासचिवमा गुरुङको अवस्था बलियो रहेको चर्चा शुरु भएको छ ।

एसिया प्रशान्त क्षेत्रीय संयोजकमा केपी सिटौला बलियो 

एनआरएनए एसिया प्रशान्त क्षेत्रको संयोजक एक पदको लागि हुने निर्वाचनको लागि कोरिया निवासी केपी सिटौला (कृष्णप्रसाद सिटौला) बलियो उम्मेदवारको रुपमा देखिएका छन् । नेपाल पर्यटन बोर्डले कोरियाको लागि पर्यटन दूत नियुक्त गरेको  उनलाई मतदाताहरुले साझा उम्मेदवारको रुपमा समेत लिएका छ्न् ।

उनका अन्य प्रतिश्पर्धिको तुलनामा एनआरएन प्रतिनिधिहरुले केपी सिटौला लाई  एसिया प्रशान्त क्षेत्रीय संयोजकमा बलियो उम्मेदवारको रुपमा पाएका छन् । सिटौलाले नेपालको पर्यटन विकासको लागि कोरियाका विभिन्न एजेन्सीहरुसँग लामो समयदेखि व्यावसायिक रुपमा सहकार्य गर्दै आएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू