आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार विश्व समसामयिक

गैर आवाशीय नेपाली संघमा प्रतिनिधि छनोटमा धाँदली भएको भन्दै उजुरी

काठमाडौं, २९, असोज २०७६। गैरआवासीय नेपाली संघ ९एनआरएनए० को चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ ।

गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले संघको सचिवालयले नै मतदाता नामावलीमा धाँदली गरेको भन्दै उजुरी दर्ता गराएका हुन् ।उनले उजुरीमा छानविन पूरा नहुन्जेलसम्म निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गरेका छन् ।

उजुरीमा भनिएको छ- ‘गैरआवासीय नेपाली सम्वन्धी नियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरी त्यस्तो गैरकानूनी कार्य अविलम्व रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट मन्त्रालयमा मिति ०७६ असोज २७ गते दर्ता नम्वर १५९४ मा निवेदन दर्ता गरिसकेको छु, त्यसकारण परराष्ट्र मन्त्रायलबाट आवश्यक निर्देशन नआउन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गर्न माग गर्दछु ।’

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू