बुधबार, असार २, २०७८
प्रमुख समाचार

हिजो रोकिएको मतदान आज बिहान १० बजेदेखि शुरु हुने, मतपत्र कागजको हुने

३०असोज २०७६ , काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को विश्व सम्मेलनको मतदान प्रक्रिया हिजो बेलुका ७ बजेबाट शुरु हुने भनिए पनि आज बिहान १० बजेबाट हुने भएको छ ।

एनआरएनएका केन्द्रीय पदाधिकारीका लागि बुधबार राति ७ बजेदेखि मतदान गर्ने भनिएको थियो । विश्वभरिबाट काठमाडौंको ह्यात होटलमा भेला भएका प्रतिनिधिहरु मतदानका लागि २ घण्टा लाइनमा बसिसकेपछि राति मतदान स्थगनको घोषणा गरिएको थियो ।मतदान प्रक्रिया शुरु नभए पछि हिजो राती प्रतिनिधिहरुले होहल्ला गरेका थिए ।

विद्युतीय मतदान गर्ने भोटिङ मेसिन बिग्रिएकाले मतदान स्थगित गरिएको आयोजकहरुले बताए पनि आन्तरिक विवादका कारण भोटिङ रोकिएको स्रोतको भनाइ छ ।राती अबेरसम्म दुइ प्यानललाई मिलाएर लैजाने प्रयास भएपनि सफल हुन नसकेको स्रोतले बताएको छ । नक्कली प्रतिनिधिहरु सहभागि गराएको विषयले पनि राति अबेरसम्म सहमति हुन नसकि मतदान प्रक्रिया शुरु हुन सकेको थिएन ।

विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

गैरआवासीय नेपाली संघको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको छ । भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्य २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान सुरु हुने जानकारी दिएको छ ।

बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर प्राविधिक समस्या आएको भन्दै राति ११ बजे मतदान रोकिएको थियो ।

कागजी प्रक्रियाबाट अब केहीबेरमा मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू