बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार विकास

चक्रपथमा ठाउँ-ठाउँमा अन्डरपास बन्ने

काठमाडौँ, कात्तिक १ गते । विस्तारको अन्तिम तयारीमा पुगेको चक्रपथको कलङ्की-महाराजगञ्ज खण्डमा तीनवटा ँअन्डरपास’ निर्माण हुने भएको छ ।

करिब आठ किलोमिटर चक्रपथको सो खण्डको प्रत्येक किलोमिटरको दूरीमा आकाशे पुल पनि निर्माण गरिने छ । त्यसका लागि संरचनाहरू हटाउने काम अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ ।

सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाका अनुसार “अन्डरपास’ निर्माण गर्न चीन सरकारसँग औपचारिक प्रस्ताव स्वीकृत भइसकेको छ । उहाँले कलङ्की चोकमा जस्तो गाडी गुड्ने तीनवटा अन्डरपास बनाइने बताउनुभयो । चक्रपथको महाराजगन्ज चोक, गोँगबु चोक र बालाजु चोकमा ँअन्डरपास’ निर्माणका लागि प्रस्ताव गरिएको जानकारी प्रमुख थापाले दिनुभयो । उहाँले भन्नुभयो, “भविष्यमा चक्रपथमा हुन सक्ने सवारीसाधनको चापलाई दृष्टिगत गरी विस्तार गर्न लागिएको हो ।”

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू