सोमवार, साउन ११, २०७८
प्रमुख समाचार विकास समाचार

हिमालय एयरलाइन्सको जहाज बेइजिङ उड्यो

१० कात्तिक २०७६, काठमाडौं । चीनको राजधानी बेइजिङमा पहिलो पटक नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उडान थालेको छ । आइतबार बिहान ९ बजे काठमाडौंबाट बेइजिङका लागि जहाज उडेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पहिलो उडानमा ६० यात्रु लिएर एयरबस ३२० जहाज बेइजिङ उडेको हो । नेपाली हवाई इतिहासमै पहिलो पटक नेपालमा दर्ता भएको कम्पनीबाट चीनको राजधानी बेइजिङका लागि सिधा उडान भएको हो ।

विगतमा नेपाल वायुसेवा निगमले चीनको सांघाईबाट ट्रान्जिट बसेर जापानसम्म उडान गरेको थियो । त्यसबाहेक कुनै पनि नेपाली कम्पनीले चिनियाँ शहरमा काठमाडौंबाट सिधा उडान गर्न सकेका थिएनन् ।हिमालय एयरलाइन्सले प्रारम्भिक दुईरतीन सातासम्म साताको दुई उडानको तयारी गरिरहेको छ । हरेक मंगलबार र शुक्रबार काठमाडौंबाट जहाज बेइजिङका लागि उड्ने छ । बिहान उड्ने जहाज राति १० बजे काठमाडौं आइपुग्नेछ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू