मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार समाचार

भारतमा तीन नेपालीको हत्या

११ कात्तिक २०७६, काठमाडौं । भारतको पिथौरागढमा रोजगारीका लागि श्रीमतीसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शब फेला परेको छ ।

डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिङ्ग काटिएको अवस्थामा भेटिएको हो ।

श्रीमती सहित एक वर्ष अघि भारतमा रोजगारीका लागि गएका पुरचौंडी नगरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका वडा नम्बर ४ भटना तडीखेतका काशी बोहराको हत्या भएको बताईएको छ ।

हत्या गरिएका हरिश बोहराकी श्रीमती किरी बोहरा र भाइ वीरा बोहरा र छिमेकी गाउँका काशी बोहरा भारतमा काम गर्दै आईरहेका थिए । घटनापछि हरे बोहराकी श्रीमती किरी बोहरा फरार रहेको बताईएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू