बुधबार, असार २, २०७८
प्रमुख समाचार समाचार स्थानीय समाचार

टोखा नगरपालिकाका नाममा आएका समाचारको खण्डन

१५ कार्तिक २०७६ । टोखा नगरपालिकाले बिगत केहि दिनदेखि केहि अनलाइनमा प्रकाशित समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाले सुक्रबार एक विज्ञप्ति प्रकाशित गरी गम्भिर, अनैतिक र गैरकानुनी भन्दै सत्यतथ्य बिहिन र आधारहिन बिवरण उल्लेख गरी टोखा नगरपालिकाका जनप्रतिनिधिहरु माथी प्रश्न उठाउँदै केही सञ्चारमाध्यमहरुबाट समाचार सम्प्रेषण गरिएको प्रति खेद प्रकट गरेको छ ।

टोखा नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालद्धार जारी विज्ञप्तिमा राज्यको चौथो अंगको रुपमा मानिएको प्रेस जगतले अरुको इज्जतमा धक्का पुर्याउने नियत राखी कसैको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गर्न नहुनेमा नगरपालिकाले जोड दिएको भन्दै कुनैपनि समाचार लेखन, प्रचार प्रसार गर्नुअघि सत्य तथ्यमा आधारित भएर मात्र समाचार प्रकाशित गर्न सञ्चार माध्यमलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ वर्तमान अवस्थामा नगरबासीहरुको विकासको चाहनालाई ओझेलमा पार्ने तथा सिंगो नगरपालिकाको अभियानलाई जनमानसमा दिग्भ्रमित बनाई आर्जित स्वच्छ छबिलाई धमिल्याउने क्रियाकलापमा केहि अनलाइन, व्यक्ति र समूह समेत संलग्न देखिएकोले यस्ता आधारहिन समाचार संप्रेषण भइरहेमा आवश्यक कानुनी उपचारको लागि अघि बढ्न बाध्य हुने समेत नगरपालिकाले बताएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू