शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार विज्ञान र प्रविधि समसामयिक समाचार

सेनाले भित्र्यायो ‘मिडियम फिक्सविङ’को नयाँ विमान

१६ कार्तिक २०७६, काठमाडौं । नेपाली सेनाले खरिद गरेको कार्गो जहाज शनिबार काठमाडौं आइपुगेको छ। नेपाली सेनाले २०१७ मा खरिद सम्झौता गरेर इन्डोनेसियामा निर्माण गरिएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण गरिएको थियो ।

नेपाली सेनाका अनुसार उक्त विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले बनाएको हो। उक्त जहाजको मूल्य करिब साढे तीन अर्बको हाराहारीमा रहेको छ। विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली सेनाले ३० मिलियन अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो।

विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको कार्गो जहाजले जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालीममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू