आइतवार, चैत्र २९, २०७७
धर्म-दर्शन धर्मविशेष प्रमुख समाचार प्रेरक व्यक्तित्व विचार समाज र संस्कृति

भिक्षु तपस्सीधम्म

भिक्षु तपस्सीधम्मको जन्म २०२७ साल साउन १ गते भएको हो । पिता न्हुछेलाल श्रेष्ठ र माता सन्तुमायाको कोखबाट काठमाडौंमा हालको चन्द्रागीरि नगरपालिका १२ मा जन्मनु भएका बाबुकाजी श्रेष्ठ नै आज भिक्षु तपस्सीधम्मको नामबाट प्रसिद्ध हुनुहुन्छ । उहाँ सामान्य किसान परिवारमा जन्मनु भएको थियो । उहाँले स्थानीय बलम्बु प्राथमिक विद्यालयमा ३ कक्षासम्म औपचारिक अध्ययन गर्नु भयो । त्यहाँ ३ कक्षासम्म मात्र पढाई हुन्थ्यो । त्यसपछि उहाँलाई थानकोटमा रहेको मंगलोदय मा.वि.मा कक्षा ४ मा भर्ना गरियो । मंगलोदय मा.वि. जाने बाटोमा २००४ सालमा स्थापना भएको प्रणिधीपूर्ण महाविहार थियो । त्यहाँ बस्ने चीवरधारी भिक्षु भिक्षुणीलाई देखेर उहाँमा विभिन्न जिज्ञासाहरु उत्पन्न हुन्थे । आफ्ना जिज्ञासा उहाँले पिता न्हुछेलालसँग राख्नु भयो । उहाँले आफ्ना पिताबाट बुद्ध धर्मका बारेमा धेरै जानकारी पाउनु भयो । राणाशासनको समयमा ५ जना चीवरधारीलाई निष्कासन गरेको र ति चीवरधारी भिक्षुहरुलाई आफ्ना पिता र स्थानीयले घरमा आश्रय दिएको पनि थाहा पाउनु भयो । त्यसले उहाँलाई व्याकुल बनायो र उहाँ आफ्ना साथिभाई सहित विहारमा जाने, पुजामा सहभागि हुने र बौद्ध विहारहरुको बारेमा जानकारी लिन थाल्नु भयो । उहाँलाई घरमा बाजेले बौद्ध शिक्षा र बौद्ध धर्मको बारेमा सिकाउनु भएको थियो । यसले उहाँमा बुद्ध धर्मप्रति आकर्षण बढ्न थाल्यो ।

त्यसबेला बलम्बुमा परियत्ति शिक्षाको प्रचलन बलम्बुमा थिएन । काठमाडौंको गणबहालस्थित गणमहाविहारमा मात्र परियक्ति शिक्षा अध्यापन हुन्थ्यो । उहाँले गणबहालमा गएर परियत्ति शिक्षा लिन चाहनु भए पनि सार्वजनिक यातायातको सुविधाको अभावका कारण उहाँको बुबाले गणबहालमा शिक्षा लिन अनुमती दिनु भएन । तर पनि बौद्ध धर्मप्रतिको लगावका कारण उहाँ भर्ना हुनुभयो र विहान उठेर साथिभाईसँगै परियत्ति शिक्षा अध्ययन गर्न पैदल हिंडेर गणमहाविहारमा जान थाल्नु भयो । दुई वर्षसम्म गणमहाविहारमा पढे पछि उहाँलाई बौद्ध शिक्षा अहिंशा र शान्तिकामी शिक्षा भएको अनुभुति भयो ।

वि.सं. २०२९ सालतिर थाईल्याण्डबाट वर्षावासका लागि आउनु भएका ५ जना भिक्षुहरुले नेपाल बसाईका क्रममा १० जना स्थानीय बालकहरुलाई अस्थायी श्रामणेर बनाउने योजना अनुरुप आफ्ना सन्तानहरुलाई विहारमा पठाउन आग्रह गरे पनि पढाइमा बाधा पुग्ने भनेर कसैले विहारमा पडाउन मानेनन् । त्यसबेला २ जना साथिहरु सहित बाबुकाजी श्रेष्ठ प्रव्रजित हुन राजी हुनभयो तर उहाँका बुबा न्हुछेलालले छोरा प्रव्रजित हुन मान्नु भएन । छोराले धेरै प्रयास गरेपछि २०३९ साल मंसिर २६ गते थाई भिक्षु श्री बष्णो महास्थवीरको आचार्यकत्वमा बुबा न्हुछेलालले छोरा प्रव्रजित हुन अनुमति दिनु भयो । यसपछि बाबुकाजी श्रेष्ठ प्रवजीत भई तपस्सुको नामबाट चिनिनु भयो ।

प्रवजित भए पछिको कठोर अनुशासन पालना गर्दै तपस्सुले नेपाल र भारतका प्रसिद्ध बौद्ध तिर्थस्थलको भ्रमण गनुभयो । नेपालमै कहिले बलम्बु कहिले भल्लुक शान्ति विहार, कहिले पद्मसुगन्ध विहारमा रहन थाल्नु भयो । कहिले गुरुको सानिध्य त कहिले गुरुविना पनि रहनु प¥र्यो । २०४२ सालमा नेपालमा धर्मदेशना गरी श्रीलंका फर्कन लागेका भिक्षुहरुसमक्ष संघाराम बिहारका गुरुको प्रयासले बौद्ध शिक्षा अध्ययन गर्न तपस्सु श्रीलंका जानु भयो । श्रीलंका पुगेर उहाँ धर्मपालाराम विहारमा बस्न थाल्नु भयो । श्रीलंकामा उहाँले बौद्ध दर्शनमा प्रमाणपत्र र अंग्रेजीमा डिप्लोमासम्मको अध्ययन पुरा गर्नु भयो ।

श्रीलंकामा अध्ययनकै क्रममा उहाँका गुरु धम्मावासले तपस्सुबाट तपस्सीधम्म भनेर नामाकरण गर्नु भयो । तपस्सीधम्मलाई गुरु धम्मावासले श्रीलंका बस्न आग्रह गर्नुभयो । श्रीलंकाको नागरिकता दिने व्यवस्था गरिदिने पनि बताउनु भयो तर तपस्सीधम्मले नेपाल फर्केर बौद्ध धर्मको क्षेत्रमा कार्य गर्ने रुचि देखाउनु भए पछि धम्मावासले चावहिलमा रहेको चारुमति स्तुपाको बारेमा जानकारी गराएर उत्त स्तुपको संरक्षण र सम्वद्धर्न गर्न शुभकामना दिनु भयो ।

नेपाल फर्किए पछि वि.सं. २०५० साल बैशाख ४ गते भिक्षु अश्वघोष महास्थवीरको संरक्षकत्व तथा नानीमैयाँ मानन्धरको दायकत्वमा श्रामणेर तपस्सीको उपसम्पदा सम्पन्न् भयो र उहाँ भिक्षु जीवनमा प्रवेश गर्नु भयो । क्रमशः ……

२०७६ कार्तिक १८

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू