बिहिबार, साउन १४, २०७८
समसामयिक समाज र संस्कृति

नेपाल शक्तिपिठमय

नेपालमा दर्जनौं शक्ति पिठ छन् । त्यसको प्रमाण पुराणमा वर्णित छ ।’ स्कन्दपुराण अनुसार सत्य युगमा भगवान शंकरकी पत्नी देवी सतीको मृत्युपछि उनका अंगहरु खसेका ठाउँहरु नै शक्तिपीठका रुपमा स्थापति भएका हुन् । ‘यो हिमवत् खण्ड नेपाल शक्तिपिठले भरीएको देश हो विश्व भरिका मान्छेले आएर तपस्या गर्ने देव भुमि हो । नेपाली भूमिमै चार बेदको रचना भयो । ‘यही बेदव्यास तथा भूमिमा कर्णाद महर्षीले तपस्या गर्नुभयो । यही पावन भूमिमा कपीलले सांख्य योगको सुत्रपात गर्नुभयो । उपनिषद यही बन्यो नेपाल नआइकन कोही पनि पुण्यात्मा बन्न सक्दैन । त्यही भयर विश्व भरिका मान्छे पशुपतिको दर्शन गर्न आउछन् ।

नेपालमै प्रख्यात शक्तिपीठ श्री स्वस्थानी ब्रतकथा अर्थात स्कन्द पुराण अनुसार पिता दक्ष प्रजापतीले आयोजना गरेको यज्ञमा पति महादेवको घोर अपमान र निन्दा गरिएपछि सहन नसकी सतिदेवीले यज्ञकुण्डमा हाम फाली प्राण त्यागीन् । त्यसपछि महादेवले क्रोधित हुँदै दक्ष यज्ञमा विध्वंश मच्चाए । दक्षको पनि टाउको काटीदिए । अनी मृत सतिदेवीको शव काँधमा बोकेर यत्रतत्र हिंडन थाले । यसरी हिंडदा सतीदेवीका विभिन्न अंगहरु झर्दै गए । जहाँ जहाँ सतिदेवीका अंग झरे त्यहाँ त्यहाँ एक एक वटा शक्तिपिठ, महादेव तथा योगिनी उत्पन्न भए । स्कन्द पुराणका अनुसार विश्वभर यस्ता सात करोड ५० लाख शक्तिपिठ छन् । तिमध्ये मुख्य अंग पतन भएका ५१ पिठ छन्, जसको दर्शन गरेमा मनोकामना पुर्ण हुने विश्वास छ । यीमध्ये कुनै एक पिठको मात्र दर्शन र पुजा गरेमा पुण्य प्राप्त हुने र सबै ५१ वटै शक्ति पिठमा पुगेमा जिवन पुर्णरुपमा सफल हुने विश्वास छ । नेपालमा सतिदेवीको गुह्य, दाँत, जिब्रो, बायाँ करङ, बायाँ कान, निधार, तल्लो ओंठ र गलालगायतका महत्वपूर्ण अंगहरु पतन भएकाले यहाँ धेरै शक्तिपिठ रहेको मानिन्छ ।

तिमध्ये निम्न शक्तिपिठ महत्वपूर्ण मानीन्छन् ः श्री गुहेश्वरी ः यहाँ सतिदेवीको गृह्य पतन भएको विश्वास गरिन्छ । यो मन्दिर काठमाडौंको बागमती नदि किनारमा पशुपतिनाथ मन्दीरकै छेउमा छ । यो स्थानमा सवैभन्दा पहिले तेत्तिस कोटी देवताले आराधना गरेका थिए । यो मन्दिरमा देवीकोृ कुनै मुर्ती छैन । सतिदेवीको गृह्य पतन भएको ठाउँमा मन्दिरको गर्भ गृह छ, जहाँ रहेको एउटा सानो प्वालमा श्रद्धालु पुजा गर्ने गर्छन् । श्री दन्तकाली ः यो मन्दीर सुनसरीको धरानमा छ, जहाँ सतिदेवीको दाँत पतन भएको विश्वास गरिन्छ । यो स्थानमा सवैभन्दा पहिले गंगा नदिहरु आएर पुजा आराधना गरी वरदान प्राप्त गरेको पुराणमा वर्णीत छ । यहाँ दशैंको घटस्थापनादेखी विशेष पुजा हुन्छ । श्री बागेश्वरी ः बाँके जिल्लाको नेपालगञ्जमा रहेको बागेश्वरीमा सतीदेवीको जिब्रो पतन भएको मानीन्छ । यो स्थानमा सवैभन्दा पहिले किन्नहरु आइ आराधना गरेका थिए । यहाँ पनि घटस्थापनादेखी नै पुजा हुन्छ । श्री कमलाक्षी ः सल्यान जिल्लाको लक्ष्मीपुरमा कमलाक्षी देवीको मन्दिर छ । यहाँ सतिदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यो स्थानमा सवैभन्दा पहिले योगमार्गीहरुले आराधना गरी योगसिद्धी पाएको विश्वास गरिन्छ । श्री छत्रेश्वरी ः सल्यान जिल्लाको छाया क्षेत्रमा छत्रेश्वरीदेवीको मन्दिर छ । यहाँ सतिदेवीका बाँकी रहेका सम्पूर्ण अंगको पतन भएको मानीन्छ । भगवान शंकर आफैले पुजा गरेकाले यहाँ कुनै पनि अवसरमा बली चढाइदैन । नेपालको यो एकमात्र यस्तो पिठ हो, जहाँ बली निषेध छ । श्री भैरवी ः काठमाडौंको गोकर्णमा भैरवी देवीको मन्दीर, जहाँ सतिदेवीको बायाँ कान पतन भएकोपुराणमा बर्णीत छ ।

यो स्थानमा सबैभन्दा पहिले विष्कुम्भहरु आएर पूजा गरेको विश्वास गरिन्छ । यहाँ पनि घटस्थापनादेखी पुजा गरिन्छ । श्री ज्वालादेवी ः दैलेख जिल्लाको सदरमुकाम नजिक नाभी र छामगाड खोलाको किनारमा ज्वालादेवीको मन्दिर छ, जहाँ सतिदेवीको निधार पतन भएको विश्वास गरिन्छ । यो स्थानमा सर्वप्रथम हनुमानले पुजा आराधना गरेका थिए । यहाँ पनि दशैंको घटस्थापनामा पुजा आराधना हुन्छ । श्री जालपादेवी ः नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखी आठ किलोमिटर दक्षिणमा त्रिशूली नदि र तादी नदिको दोभान देवीघाटमा जालपादेवीको मन्दिर छ । यो स्थानमा सतिदेवीको तल्लो ओठ पतन भएको वर्णन छ । यहाँ सबैभन्दा पहिले कामधेनु गाइ आएर पुजा–आराधना गरेको विश्वास गरिन्छ । पृथ्वीनारायण शाहको दाह संस्कार पनि यही मन्दिर नजिकै दोभानमा गरिएकाले यस क्षेत्रको ऐतिहासिक महत्व पनि छ । श्री गलेश्वरी ः म्याग्दी जिल्लाको राहुघाटमा काली गण्डकीको किनारमा गलेश्वरी देवीको मन्दिर छ ।

यहाँ गलेश्वर महादेवको पनि मन्दिर छ । यहाँ सतीदेवीको गला पतन भएको मानिन्छ । यहाँ पृथ्वीले पुजा आराधना गरेका थिए । तालवाराही पोखरा, लम्जुङ्ग भोलेटार महादेव मन्दिर, छाव्दिबराही दमौली, अकला देवी स्याङजा–वागेश्वरी चितवन, देवघाट, पाथिभरा देवी, दुध पोखरी लम्जुङ्ग, मुक्तिनाथ, सप्तरीको छिन्नमस्ता भगवती, हर्लेशी महादेव आदि रहेको छन् । स्थानीय संस्कृतिको विकासमा महत्वपूर्ण रहेका धेरै शक्तिपिठहरु नेपालमा छन् । स्वयंभूको हारतीमाता हिन्दु र बौद्ध धर्म दुबैको महत्वपूर्ण आश्थाकी देवि हुन् । त्यसैगरी तारकेश्वर भगवती, गोरखकाली, कालिञ्चोक, रुकुमदेवि, दोलखा भगवती, कालिञ्चोक भगवती, बज्रयोगिनी, विन्ध्यवासिनी, मौलाकालि, शोभाभगवती, सिद्धिकाली, हेटौंडास्थित भुटनदेवि, अनन्तलिङ्गेश्वर भगवति आदीको सांस्कृतिक, धार्मिक महत्व धेरै छ भनें स्थानीय र नेपाली संस्कृतिमा यि शक्तिपिठहरुको धेरै महत्व रहेको छ ।

मथुरा लामिछाने
अध्यक्ष
हारतीमाता सेवा संघ नेपाल, दधिकोट, भक्तपुर

२०७६ कार्तिक १८

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू