बिहिबार, साउन १४, २०७८
प्रेरक व्यक्तित्व विचार

क्यान्सरको उपचारमा समर्पित राजवैद्य रामलाल

काठमाडौं । बदलिंदो जीवनशैलीका कारण गम्भिर किसिमका विरामीहरु बढ्नेक्रम धेरै छ । विशेष गरी अहिले क्यान्सर रोगले धेरै मानिसहरु सताईएका छन् । आधुनिक उपचार पद्धतीबाट क्यान्सरको उपचार ज्यादै महंगो छ । आधुनिक उपचार सर्वसाधारणको पहुँचभन्दा टाढा छ । अत्यन्तै महंगो हुने भएकोले सर्वसाधारणले लामो समयसम्म उपचार गराउँदा घरखेत सबै बेच्नु पर्ने बाध्यताका बीच उपचार गराईरहेका हुन्छन् । तर आयुर्वेद उपचार विधि सस्तो भए पनि पर्याप्त प्रचारप्रसारको अभावमा सर्वसाधारणले यसको महत्व राम्ररी बुझ्न सकेका छैनन् ।

क्यान्सर जस्तो गम्भिर किसिमको रोगको आयुर्वेदीक उपचार बौद्ध काठमाडौंस्थित परम्परा दिव्य आयुर्वेदीक औषधालयबाट भईरहेको छ । परम्परा दिव्य आयुर्वेदीक औषधालयका राजवैद्य रामलाल श्रेष्ठ विरामीहरुको भगवान कै रुपमा चर्चित हुनुहुन्छ । राजवैद्य रामलाल श्रेष्ठ क्यान्सरको आयुर्वेदीक विधिबाट उपचार गरी स्वदेशमा चर्चित हुनुहुन्छ भनें आयुर्वेदको अन्तराष्ट्रिय सम्मेलनमा समेत भाग लिनु हुन्छ । आयुर्वेद उपचार पद्धतिका ज्ञाता राजवैद्य श्रेष्ठले धेरै क्यान्सरका विरामीहरुको उपचार गरि निको बनाईसक्नु भएको छ ।

६० वर्षे ज्वाला देवकोटाले आफ्नो रोगको उपचारको क्रममा पाटन, सिभिल, भक्तपुर र हरिसिद्धिमा पुग्नु भयो । लिभर क्यान्सरको उपचारका लागि घर घडेरी बेचेर धेरै पैसा खर्च गर्नु भयो । खेत बेचेर हरिसिद्धि हस्पिटलमा उपचारका लागि धेरै खर्च गरे पनि रोग निको हुन सकेन । एकदिन टि.भि. हेर्दै जाँदा उहाँले परम्परा दिव्य आयुर्वेद उपचार केन्द्रमा क्यान्सरको आयुर्वेदिक उपचार हुने थाहा पाउनु भयो । त्यसपछि उहाँले राजवैद्य रामलाल श्रेष्ठको निर्देशन अनुसार आयुर्वेदिक औषधि खानथाल्नु भयो । औषधिले काम गर्न थाल्यो । आधुनिक उपचारले झन् गल्दै गएको शरिरमा आयुर्वेदिक औषधी खान थाले पछि खाना खान मन हुन थाल्यो, शरीरमा स्फूर्ति आउन थाल्यो । अहिले उहाँको स्वास्थ्य अवस्था देखेर घर परिवार छरछिमेकी आफन्त र इष्टमित्रहरु छक्क परेका छन् । त्यसैले अहिले ज्वाला देवकोटा राजवैद्य रामलाल श्रेष्ठको प्रसंशा गरिरहनु हुन्छ । देवकोटाको लिभर क्यान्सरले थलिएको शरिर स्वस्थ भईसकेको छ । बाँच्ने आशा मरे पनि उहाँले अहिले दिव्य आयुर्वेद उपचार केन्द्रमा उपचार गरेपछि नयाँ जीवन पाईसक्नु भएको छ । त्यसैले ज्याला देवकोटा अन्य विरामीहरुलाई एकपटक रामलाल वैद्यसँग परामर्श लिएर उपचार गराउन सल्लाह दिनुहुन्छ । दिव्य आयुर्वेद उपचार केन्द्रको औषधिले आफूलाई कुनै साइड इफेक्ट नगरेको र आफूले नयाँ जीवन पाएकोमा खुसि हुँदै ज्वाला देवकोटा राजवैद्य रामलाल श्रेष्ठ ज्यूलाई कलियुगकै भगवान मान्नु हुन्छ । देवकोटा सबैलाई रोग नलुकाउन र एकपटक राजवैद्य श्रेष्ठसँग परामर्श लिएर औषधि खान सल्लाह दिनुहुन्छ । (प्रस्तुत : रबि रिमाल/२०७६ कार्तिक १८)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू