प्राज्ञ गीतकार तथा साहित्यकार
उन्नती बोहरा ‘शीला’
यो देशको शान भन्नु नै
नेपालीको स्वाभिमान हो,
यो देशको नाम भन्नु नै
नेपालीको पहिचान हो ।
जन्म्यौं जुन माटोमा
हुक्र्यौ न्यानो संस्कारमा,
जहाँ गए पनि हामी
राष्ट्रियता छ हाम्रो मुटुमा ।
नभुलौं कहिल्यै हामी
पुर्खाले दुःखले आर्जेको,
यो देश हो हाम्रो सुन्दर
ईश्वर पनि रमाएको
यो माटोको सुवास भन्नु नै
नेपालीको मौलिकता हो,
यो देशको रक्षा गर्नु नै
नेपालीको मूल कर्तव्य हो ।
Add Comment