शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार समसामयिक

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १४ अर्ब विदेशी ऋण लिइने

२१ कात्तिक २०७६, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले १३ अर्ब ६२ करोड ९१२० मिलियन डलर० सहुलियतपूर्ण ऋण लिने भएको छ ।सरकारले यो कार्यक्रमका लागिसहुलियतपूर्ण विदेशी ऋण लिने निर्णय गरेको छ ।

बेरोजगारहरुलाई न्युनतम १०० दिनको रोजगारी दिने भन्दै सरकारले गत वर्ष यो कार्यक्रम सुरु गरेको थियो । रोजगारी दिने नाममा झार उखेल्ने काममा लगाएर पैसा बाँडेको भन्दै पहिलो वर्ष नै यो कार्यक्रम निकै आलोचित बनेको थियो । उत्पादनशील काममा रोजगारी दिन सरकारलाई दबाब पनि बढेको छ ।

‘युवा रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित रुपान्तरण पहल परियोजना’का लागि विश्व बैंकले प्रस्ताव गरेको करिव १३ अर्ब ६२ करोड बराबरको सहुलियत ऋण सहायता स्वीकार गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू