सोमवार, साउन ११, २०७८
प्रमुख समाचार समसामयिक

देउवा र भारतीय राजदूतबीच फोन वार्ता

२१ कात्तिक २०७६, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कालापानी र लिपुलेकका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसको धारणा सार्वजनिक गरेका छन्।

नेपाली भूमिमाथि भएको कुनैपनि अतिक्रमण कांग्रेसलाई अस्वीकार्य रहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। ुकालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छु, विज्ञप्तिमा भनिएको छ।

त्यस्तै पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार भारतीय राजदूत मंजिवसिंह पुरीलाई टेलिफोनमार्फत् कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण गराएको समेत उक्त विज्ञप्तिमा उल्लेख छ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू