सोमवार, साउन ११, २०७८
धर्म-दर्शन प्रमुख समाचार विश्व

राम जन्मभुमीबारे ऐतिहासिक फैसलाः बन्ने भयो भव्य राम मन्दिर

२३ कार्तिक २०७६, काठमाडौं। भारतको सर्वोच्च अदालतलले अयोध्याको राम जन्मभुमीबारे ऐतिहासिक फैसला दिदै विवादास्पद भनिएको सोहि स्थानमा राम मन्दिर बनाउन मिल्ने गरि आदेश दिएको छ।

५ सय साल पुरानो विवाद तथा ७० बर्षदेखि अदालतमा चलिरहेको विवादलाई टुंगो लगाउँदै २ दशमलव ७७ एकड जमिनमा राम मन्दिरलाई दिन आदेश दिएको छ।

अदालतले विवादास्पद जमिन मुस्लिम तथा निर्मोही अखडालाई नबाड्न समेत आदेश दिएको छ। यसअघी राम मन्दिर तोडेर मस्जिद बनाईएको भन्दै हिन्दु पक्षले तोडफोड गरेको बाबरी मस्दिजलाई अयोध्याभित्रै वैकल्पिक जमिन दिन आदेश दिएको छ।

भारतका प्रधानन्याधिश रञ्जन गोगोइ सहितको ५ सदस्यीय वेञ्चले सर्वसम्मत रुपमा आदेश सुनाउँदै मुस्लिम पक्षलाई मस्जिद बनाउन ५ एकड जमिन दिन पनि भनेको छ। अदालतले तीन महिना भित्र ट्रष्ट बनाएर मन्दिर बनाउने प्रक्रिया शुरु गर्न आदेश दिएको छ।

आदेशसँगै अब अयोध्यामा भव्य राम मन्दिर बन्ने भएको छ । राम मन्दिर तोडेर वावरी मस्जिद बनाएको विषयमा ५ सय बर्षदेखि विवाद चलिरहेको थियो । यसै विवादलाई लिएर विगत ७० बर्षदेखि मुद्धा चलिरहेको थियो । मुद्धाको फैसला अघि देखि नै हिन्दुहरुको आस्थाको केन्द्र राम मन्दिरको ढाँचा बस्तो बन्ने भन्ने सार्वजनिक भईसकेको छ। अब अयोध्यामा भव्य राम मन्दिर बन्ने छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू