सोमवार, चैत्र ३०, २०७७
धर्म-दर्शन धर्मविशेष प्रमुख समाचार विश्व

अयोध्यामा राम मन्दिर बनाउने फैसला, जनकपुरधाममा मिठाई बाँडियो

२३ कार्तिक २०७६, काठमाडौं। भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउने फैसला गरेको खुसीयालीमा नेपालको जनकपुरधाममा मिठाई बाँड्नुका साथै दिपावली गरिएको छ । रामको ससुराली मानिने जनकपुरधाममा मिठाई बाँड्नुका साथै दिपावली गरिएको हो ।

जानकी मन्दिरका साधुसन्तहरुले मिठाई बाँडेका छन् । दर्शनका लागि आउने श्रद्वालुसहित आवतजावत गर्नेहरुलाई मिठाई बाँडिएको छ ।भारतको सर्वोच्च अदालतलले अयोध्याको राम जन्मभुमीबारे ऐतिहासिक फैसला दिदै विवादास्पद भनिएको सोहि स्थानमा राम मन्दिर बनाउन मिल्ने गरि आदेश दिएको छ।

भारतका प्रधानन्याधिश रञ्जन गोगोइ सहितको ५ सदस्यीय वेञ्चले सर्वसम्मत रुपमा आदेश सुनाउँदै मुस्लिम पक्षलाई मस्जिद बनाउन ५ एकड जमिन दिन पनि भनेको छ। अदालतले तीन महिना भित्र ट्रष्ट बनाएर मन्दिर बनाउने प्रक्रिया शुरु गर्न आदेश दिएको छ।

रामजन्म भूमिको रुपमा दाबी गरिएको उक्त स्थलमा मस्जिद निर्माण गरिएको थियो । ईस्वी सम्वत् १५२८ देखि १५५६ मा मुस्लीम समुदायले उक्त स्थलमा नमाज पढेको दाबीसहित जमीन मस्जिदको रहेको बताउँदै आएको थियो । बोर्डले भने आफ्नो दाबी बमोजिमको प्रमाण पेश गर्न नसकेको आदेशमा भनिएको छ । भारतीय पुरातत्वविद्हरुको अध्ययनले मस्जिद रहेको स्थल तल प्राचीन मन्दिरको अवशेष फेला परेको देखाएको थियो ।

हिन्दू पक्षधरहरुले भने अयोध्यास्थित उक्त भूमि राम जन्मभूमि रहेको दाबी गर्दै आएको थियो । उक्त विवादित स्थलबारे सर्वोच्च अदालतमा १४ वटा अलग अलग मुद्दा परेको थियो । प्रमुख तीन मुद्दामध्ये दुईवटा हिन्दू पक्षधर र एउटा मुस्लिम पक्षधरको मुद्दा अदालतको प्राथमिकतामा परेको थियो ।

मुद्धाको फैसला अघि नै देखि नै हिन्दुहरुको आस्थाको केन्द्र राम मन्दिरको ढाँचा बस्तो बन्ने भन्ने सार्वजनिक भईसकेको छ छ। अब अयोध्यामा भव्य रामन्दिर बन्ने छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू