मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार समसामयिक समाचार

दुताबासबाट एम्बुलेन्स मिलाई दिन्छु भन्दै ठगी

काठमाडौं, २०७६ कार्तिक २८ । समाजसेवी तील बहादुर कार्कीलाई एम्बुलेन्स मिलाईदिने भन्दै सप्तरीका श्रीकान्त राउतले ठगी गरेको पिडित कार्कीले बताएका छन् । भारतीय राजदुतको पिए हुँ दुताबासबाट एम्बुलेन्स मिलाईदिन्छु भन्दै राउतले राजदुतसँग बसेर खिचाएको तस्विर देखाएर आफूलाई विश्वास दिलाएको कार्कीले बताए ।

२०७५ साल फागुन १४ गते गोकर्णस्थित कार्कीको अनाथ अपांग बालबालिकाहरु आश्रित संस्थामा आई राउतले दुई लाख रुपैंया लिई फरार भएको उनले बताए । आरोपीको फोनमा पटक पटक सम्पर्क गर्दा फोन लाग्ने तर नउठेको समेत उनले बताए । संस्थामा आश्रीत बालबालिकाहरुलाई स्वास्थ्य समस्या आउँदा उपचार गर्न लैजान सजिलो हुने र स्थानीय समुदायले पनि एम्बुलेन्स सेवा पाउने भएकोले आफूले एम्बुलेन्सका लागि दुई लाख दिएको कार्कीले बताए ।

कार्कीले राउतबाट आफू ठगिएको भन्दै हिजो मंगलबार विपक्षिलाई खोजतलास गरी आवश्यक कारवाही गरी पाउँ भनी महानगरीय प्रहरीवृत्तमा निवेदन दिएका छन् ।

ठगी सम्वन्धमा श्रीकान्त राउतको नम्बरमा हेलोपत्रिकाले पटक पटक फोन गर्दा पनि उठेन ।

तील बहादुर कार्की संयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्ष हुन् । काठमाडौं गोकर्णस्थित संस्थामा ५० जना अपांग अनाथ बालबालिकाहरु आश्रीत रहेका छन् । संस्थाले बालबालिकाहरुलाई शिक्षा सहितको आवासीय सुविधा दिईरहेको छ ।

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू