सोमवार, साउन ११, २०७८
तीर्थ र पर्यटन प्रमुख समाचार

सार्वजनिक यातायातका साधनमा ‘भ्रमण वर्ष २०२०’ को लोगो टाँसिने

२८ कात्तिक २०७६, काठमाडौं । देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ ।

भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको समझदारीअनुरुप सो अभियानको बिहीबार शुभारम्भ गरिएको हो ।

सबै सार्वजनिक यातायातका साधनमा देशका विभिन्न मठ, मन्दिर तथा पशुपक्षी र वन्यजन्तुको तस्वीरसहितको नमूना लोगो बनाएर टाँसिनेछ । यस्तो लोगो चार प्रकारको हुनेछ । गाडीको अवस्थिति र प्रकृतिअनुरुपको उपयुक्त लोगो टाँसिनेछ । प्रारम्भमा पशुपतिनाथ, स्वयम्भू, लुम्बिनी तथा हात्ती, ढाँफे र हिमालको तस्बिर अङ्कित लोगो बनाइएको छ । आगामी मङ्सिर १५ गतेभित्र सबै यातायातका साधनमा लोगो टाँसिने बताइएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू