शनिबार, बैशाख ४, २०७८
समसामयिक समाचार

भारत-चिन सिमा विवाद बारे नेपालको प्रतिक्रिया : शान्तिपूर्ण समाधान

काठमाडौं, ७ असार, २०७७। चीन र भारतबीच लद्दाखको गलवान भ्यालीमा भएको झडपबारे शनिबार परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया दिएको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीन र भारतले वार्तामार्फत विवाद समाधान गर्ने विश्वास व्यक्त गरेको छ । नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनुपर्ने मत रहेको मन्त्रालयले बताएको छ ।

गलवान भ्यालीमा चीन र भारतका सैनिकबीच हिंसात्मक झडप भएको थियो । त्यसक्रममा २० भारतीय सैनिकको मृत्यु भएको छ । चीनतर्फ क्षति भए नभएको बारे चिनले केही बताएको छैन ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू