बिहिबार, साउन १४, २०७८
परोपकार र मानवता समाचार

नेपाल बौद्ध धर्म परिचय समाजबाट बालबालिकालाई भोजन

काठमाडौं, ७ असार २०७७ । नेपाल बौद्ध धर्म परिचय समाजबाट आज बालबालिकालाई भोजन गराईएको छ । हिमाली पात्रो अनुसार पवित्र महिना सागा धावाको अवसरमा गोकर्ण स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रीत बालबालिकाहरुलाई समाजले भोजन गराएको हो ।

भोजन कार्यक्रम नेपाल बौद्ध धर्म परिचय समाजका उपाध्यक्ष तथा धर्मगुरु झ्यामयाङ टुल्कु रिम्पोछेको समुपस्थिती भएको थियो । कार्यक्रममा समाजका महासचिव आचार्य थुप्तेन घिसिङ,  समाजका सदस्य लामा गुरु कोशिष वाईबा, महावीर तामाङ उपस्थित हुनुहुन्थ्यो ।

समाजसेवी तिल बहादुर कार्की संस्थापक अध्यक्ष रहनु भएको संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा ४८ जना बालबालिकाहरु आश्रित रहेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू