बुधबार, असार २, २०७८
परोपकार र मानवता समाचार

समाजसेवी तिल बहादुर कार्की र रामशरण थपलियाको जन्मदिन मनाईयो

काठमाडौं । समाजसेवी तथा संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका संस्थापक अध्यक्ष तिल बहादुर कार्की र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाको जन्म दिन संयुक्त रुपमा मनाईएको छ । कार्की र थपलियाको जन्म दिन साउन १० गते एउटै दिन भएकोले संयुक्त अपाङ्ग एकता आवाज केन्द्र गोकर्णमा सञ्चारकर्मी, कलाकार, संस्थाका सहयोगि दाता, समाजसेवी, संघसंस्थाका प्रतिनिधि, शुभचिन्तकहरुको उपस्थितीमा जन्म दिन मनाइएको हो ।

कार्यक्रम महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम ढकालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका सल्लाहकार तथा सद्भावनादुत शान्ता कुमारी तामाङ, गायक सीताराम पोखरेल, गाउँले पर्यटन–नेपालका अध्यक्ष तेजेन्द्र शर्मा पौडेल, नागरिक अभियन्ता महेश कुँवर लगायत समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

जन्मदिनको अवसरमा संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका संस्थापक अध्यक्ष तिल बहादुर कार्कीले आफ्नो ४८ औं जन्म दिनको अवसरमा प्रमुख अतिथी भिम ढकाल, विशेष अतिथी शान्ता कुमारी तामाङ, विशेष अतिथी गायक सीताराम पोखरेल, अतिथी रामशरण थपलिया, सहयोगी दाता, कलाकार, समाजसेवी, पत्रकारहरुलाई खादा ओढाएर, मायाको चिनो प्रदान गरी सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा समाजसेवी निलम शर्माले अध्यक्ष तिल बहादुर कार्कीलाई सरसफाईका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गर्नु भएको थियो । (११ साउन, २०७७)

     

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू