बुधबार, असार २, २०७८
प्रमुख समाचार शिक्षा

शिक्षक बन्न चाहनेहरु ९२ प्रतिशत फेल

काठमाडौं, ११ असार २०७७। शिक्षा सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी शिक्षण अनुमतिपत्रको परीक्षामा सहभागी ६६ हजार ५६२ मध्ये ६२ हजार ८८० जना अनुत्तीर्ण भए । भावी शिक्षक बन्ने मध्ये जम्मा ५।८३ प्रतिशतले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरे ।

प्रदेश २ र कर्णाली प्रदेशमा उत्तीर्ण दर ३ प्रतिशत हाराहारी मात्रै रश्यो । प्रदेश २ मा १० हजार ६८९ मध्ये ३४९ र कर्णालीमा १२ हजार ७० मध्ये ३७० जनाले न्यूनतम पास मार्क ल्याए ।

सामान्यतः अंग्रेजी, गणित र विज्ञानमा धेरै विद्यार्थी अनुत्तीर्ण हुन्छन् । शिक्षक अनुमतिपत्रको परीक्षामा भने धेरैजसो सामाजिक शिक्षामा कमजोर देखिएका छन् । मावितर्फ सामाजिकमा १० हजार ७६१ मध्ये ७०९ जनाले उत्तीर्ण अंक प्राप्त गरे ।

निमावि तहको शिक्षक लाइसेन्स परीक्षामा सहभागी २२ हजार ९९ मध्ये जम्मा ७४२ उत्तीर्ण भए । तुलनात्मक रुपमा सजिलो मानिएको यो विषयमा जम्मा उत्तीर्ण दर ३ प्रतिशत छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू