मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार स्थानीय समाचार

काभ्रेमा बोधिचित्त लुटपाटको प्रयास

१२ असार, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-३, सिपालीमा प्रहरीले गोली चलाएको छ ।

बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको लुटपाट गर्न आएको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलका अनुसार लुटेरा समूहको कुटपिटबाट पाँच जना घाइते भएको बताएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

लुटेरा समूहले प्रहरीलाई छेक्न बाटोमा बम समेत राखेका प्राप्त समाचारमा बताईएको छ ।

मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको र प्रहरीबाट उनीहरुको खोजी कार्य थालिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू