सोमवार, चैत्र ३०, २०७७
प्रमुख समाचार राष्ट्रिय विश्व

आज विभिन्न देशबाट १२ सय नेपाली आउँदै

काठमाडौं, १२ असार २०७७ । आज बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका नेपाली आउँदै छन्। विदेशमा अलपत्र नेपाली नागरिकहरु शुक्रबार मात्रै एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन्  ।

बहराइनको दुवै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुँदैछ ।

युएईको हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुँदैछ ।

उनीहरुलाई नेपाल ल्याएर काठमाडौं, भक्तपुर र ललितपुरमा राखिएका होल्डिङ सेन्टरमा लगिनेछ । त्यहाँ सेनाको व्यवस्थापनमा उनीहरुको सामान्य स्वाथ्य जाँच र विवरण लिने कार्य हुनेछ । त्यसपछि सम्बन्धित प्रदेशमा क्वारेन्टिनमा बस्ने गरी पठाइनेछ ।

विदेशबाट आउने नागरिकले पीसीआर रिपोर्ट ल्याएको खण्डमा उनीहरुले होम क्वारेन्टिनमा बस्न पाउनेछन् । इच्छुकले होटल क्वारेन्टिनमा पनि बस्न पाउनेछन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू