बुधबार, असार २, २०७८
कृषि प्रमुख समाचार

आउँदैन भन्दा भन्दै आयो सलह

हावाको बहावलाई दोष

काठमाडौं, १४ असार २०७७। नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने विश्लेषकहरुको निश्कर्ष गलत सावित भएको छ । पर्याप्त अध्ययन विना गरिएका हचुवाको भरमा निकालिएको निष्कर्षगलत भएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नेपालमा प्रवेश नगर्ने निचोडसहितको प्रतिवेदन दिएको थियो ।

कार्यदलले नेपालमा यो वर्ष सलह किरा भित्रिने सम्भावना नरहेको उल्लेख गरेको छ । आगामी वर्षहरूमा भने सचेत हुनुपर्ने कार्यदलको सुझाव थियो ।कार्यदलले भारतको मध्यप्रदेशबाट आएको सलह फेरी राजस्थानतिरै फर्किएको, हावाको वहाव नआएको, झरी सुरु भैसकेकाले सलह नआउने कार्यदलको निश्कर्ष थियो ।

कार्यदलले सुक्खा मौसम र सुक्खा ठाउँ मन पराउने भएकाले मनसुन सुरु भए पछि सलह आउँदैन भन्ने प्रतिवेदन दियो ।सलहको जीवनचक्रका लागि अण्डा पार्न नेपालको हावापानी अनकूल नरहेको र मनसुनका कारण नेपालमा पूर्वाीय हावाको चाप बढ्दा किरा नेपाल प्रवेश गर्न नसक्ने पनि समितिले औँल्याएको थियो । सलह नेपाल आईसकेपछि भनें विज्ञहरुलाई उदृत गर्दै हावाको वहाव परिवर्तन भई सलह नेपाल आएको जस्तो गैर जिम्बेवार जवाफ विज्ञको नाममा सञ्चार माध्यमममा आएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू