शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार समाचार समाज र संस्कृति

आज असार १५, दही चिउरा खाने दिन

काठमाडौँ, १५ असार २०७७। आज असारे रोपाइँ गर्ने वा नगर्ने सबैले दही चिउरा खाएर असार १५ मनाउँदै छन् । आजको दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । आजका दिन मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने प्रचलन रहेको छ ।

वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवर्धक हुने बताउनुहुन्छ । सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ । धान दिवसको अवसरमा असार १५ मा विभिन्न कार्यक्रमहरु हुने गरेको भएता पनि कोरोनाको कारणले यस वर्ष औपचारिक कार्यक्रमहरु कमै हुनेछन् ।

कोरोना संक्रमणको जोखिम रहेको कारण रोपाईमा हिलो पानी छ्यापाछ्याप नगर्न सरकारले अनुरोध गरिसकेको छ । आजको दिन पोखरा चितवन लगायतका ठाउँमा आन्तरिक तथा बाहृय पर्यटकहरु समेत सहभागि भई खेतमा हिलो छ्यापेर गरिने पर्यटन सम्वन्धि कार्यक्रमहरु पनि कोरोनाको कारणले नहुने भएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू