बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार राजनीति

पीसीआर परीक्षण बढाउन कांग्रेसले ध्यानाकर्षण गरायो

काठमाडौं, १६ असार २०७७। नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षण बढाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले मंगलबार बिहान स्वास्थ्यमन्त्री ढकाललाई भेटेर क्वारेन्टिनहरु नै कोरोना फैलाउने मध्यमजस्तो बनेको भन्दै व्यवस्थित बनाउन ध्यानाकर्षण गराएको हो ।

क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीहरुले सुविधा पाउन नसकेको, औषधि उपकरण खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको डा। महतले जानकारी दिए ।

स्वास्थ्यमन्त्री ढकालको ध्यानाकर्षण गराउन डा। महतको नेतृत्वमा कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउद, मोहन बहादुर बस्नेत, चन्द्र भन्डारी, गगन कुमार थापा र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी स्वास्थ्य मन्त्रालयमा गएका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू