काठमाडौं, १६ असार २०७७। राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा ऐनमा असन्तुष्ट नायब सुब्बाहरुले प्रदर्शन गरेका छन् । मंगलबार बिहान सिंहदरबारभित्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नजिकको सडक किनारमा उभिएर सुब्बाहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
निजामती सेवा विधेयकका कतिपय प्रावधानले नायब सुब्बाहरुको वृत्ति विकासमा असर परेको भन्दै ‘नासु बचाउ अभियान’ को नामबाट दबाबमुलक कार्यक्रम हुँदै आएका छन् । उनीहरुले ‘माननीय ज्यू, ना.सु.का आँसु देख्नु भएन ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
परराष्ट्र मन्त्रालयस्थित निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमितिको अगुवाइमा बसेको बैठकले समेत निजामती सेवा विधेयकको विरोध गरेको छ । नेपालमा राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) पदमा झण्डै ३५ हजार कर्मचारी कार्यरत छन् ।
Add Comment