शनिबार, जेष्ठ २९, २०७८
प्रमुख समाचार राजनीति विचार

भारतको विरोध गरेर राष्ट्रवादी देखिने अभिव्यक्तिले प्रधानमन्त्री झन् अफ्टेरोमा

काठमाडौं, १७ असार २०७७ । भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नारा दिए पनि मन्त्रीहरुकै संरक्षणमा विवादास्पद कम्पनीहरुसँग खरिद सम्झौता, खरिद प्रक्रियाबाट भ्रष्टाचार भईरहेका समाचारहरू एक पछि अर्को बाहिरिए पछि ओली सरकारप्रतिको जनविश्वास घट्दै गएको थियो । दुई तिहाईको बलियो सरकार भएर पनि जन चाहनालाई सम्मान गर्ने गरी कार्य गर्न नसकेकोमा प्रधानमन्त्रीको आलोचना भईरहेको थियो । यस्तै परिघटनाका बिचमा नेपालले चुच्चे नक्सा जारी गर्ने ऐतिहासिक कार्य सम्पन्न भए पछि ओली सरकारले जनताको मन जित्न सकेको थियो । सबै राजनीतिक दलहरुको समर्थनसहित नयाँ नक्शा जारी भए पछि प्रधानमन्त्री ओलीको सरकार प्रति जनताको सहानुभूति बढेर सरकार धेरै बलियो भएको विश्लेषण राजनीतिक वृत्तमा बढिरहे पनि त्यसपछि पनि सरकारले जनताको मन जित्ने गरी काम गर्न सकेन । राष्ट्रिवादी सरकारको छवि बनाए पनि जनमैत्री विकासमा प्रतिवद्ध रहेको छवि सरकारले देखाउन सकेन । अहिले पनि कोरोना महामारीको समयमा पनि मन्त्रीहरुकै संरक्षणमा भ्रष्टाचार भएको, प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरुलाई कारवाही नगरेको भन्दै देशै भरी युवाहरुले सरकारको विरोध गरिरहेका छन् ।


नेकपा पार्टी र सरकार गुटबाटै सञ्चालन भएको, पार्टीको भूमिका कमजोर बनाएर प्रधानमन्त्री आफू मात्रै पार्टी र सरकारमा हावी हुन खोजेको, एकलौटीढंगले अगाडी बढेको आरोपका बीच दल विभाजन सम्वन्धि विधेयकका कारण कमजोर बनेका ओली चुच्चे नक्सा जारी गरे पछि केही हदसम्म राष्ट्रवादी छवि सहित फेरी बलियो भएका हुन् । यो उनको लागि आत्मआलोचना सहित सच्चिने र सबैको मन जित्ने मौका पनि थियो ।


आफ्नै नेतृत्वको सरकारको असफलता छोप्न भारतलाई गाली गरेर राष्ट्रवादी छवि देखाएर सरकार जसरी पनि ५ वर्ष चलाउने आफ्नै चाहनामाथि पछिल्लो अभिव्यक्ति ओलीको “ब्याक फयर” भएको चर्चा राजनीतिक, कुटनीतिक वृत्तमा चल्न थालेको छ । एकलौटी र मनोमानी पाराले सरकार र पार्टी संचालन गर्ने शैलीले ओली अफ्टेरोमा परिसकेका छन् । भारतको विरोध गरेर राष्ट्रवादी देखिने अभिव्यक्तिले प्रधानमन्त्री झन् धेरै अफ्टेरोमा परेका छन् । 


नेकपा पार्टी र सरकार गुटबाटै सञ्चालन भएको, पार्टीको भूमिका कमजोर बनाएर प्रधानमन्त्री आफू मात्रै पार्टी र सरकारमा हावी हुन खोजेको, एकलौटीढंगले अगाडी बढेको आरोपका बीच दल विभाजन सम्वन्धि विधेयकका कारण कमजोर बनेका ओली चुच्चे नक्सा जारी गरे पछि केही हदसम्म राष्ट्रवादी छवि सहित फेरी बलियो भएका हुन् । यो उनको लागि आत्मआलोचना सहित सच्चिने र सबैको मन जित्ने मौका पनि थियो । तर पार्टीकै सचिवालय वैठकमा अल्पमतमा परिसकेका प्रधानमन्त्री ओलीले स्थायि समिति बैठकमा समेत व्यस्तता र स्वास्थ्यको कारण देखाउँदै उपस्थित नभए पछि चर्को आलोचनाको सामना गर्नु पर्‍यो । सरकार र पार्टी चलाउन असफल भएको, विवादास्पद अभिव्यक्ति दिएर भारतसँगको कुटनीतिक सम्वन्ध बिगारेको भन्दै स्थायि समिति बैठकमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट हट्न दवाव आयो । मन्त्रीहरु नै संलग्न भनिएका यति, ओम्नी काण्डहरुको छानविन नगरे पछि केही महिनायता प्रधानमन्त्रीको चर्को आलोचना भईरहेको थियो, तर पनि प्रधानमन्त्री ओलीले छानविन गरेनन् ।

सरकार गिराउन भारतीय दुतावास सहित नेकपाकै नेताहरु लागेको विवादास्पद अभिव्यक्ति पछि अहिले ओली राजनीतिक–नैतिक समस्यामा त फसेका छन् नै । पार्टीका प्रभावशाली नेताहरुले नै आलोचना गरे पछि पार्टी भित्र ओली निकै कमजोर भईसकेका देखिन्छन् ।

यि र यस्ता विभिन्न कारणले पार्टी भित्र पनि प्रधानमन्त्रीको आलोचना भईरहेको छ । सचिवालय बैठकमा ओली अल्पमतमा परे भनें स्थायि कमिटि बैठकमा ओलीको कार्यशैलीको चर्को आलोचना भईरहेको छ । यसै बिचमा ओलीले भनें ध्यान भड्काउन सरकार गिराउन भारत चलखेलमा लागेको बताएर राजनीतिक, कुटनीतिक अपरिपक्वता देखाए । त्यसको मूल्य प्रधानमन्त्रीलाई महंगो पर्न सक्ने संभावना स्थायी समिति बैठकबाट देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउने खेल सुरु गरे पनि त्यो सम्भव नहुने बताए । कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी गर्ने, संविधानसमेत संशोधन गरेर त्यसलाई लिपिबद्ध गर्ने काम गरेपछि आफूलाई हटाउने खेल सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको कार्यक्रममा सरिक भएका प्रधानमन्त्री ओलीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको गम्भीर आक्षेप लगाए पछि प्रधानमन्त्री चौतर्फि आलोचनामा परेका हुन् । विवादस्पद बोलीले उनको राजनीतिक, कुटनीतिक चिनतन क्षमतामै प्रश्न उठाउन थालिएको छ । त्यसलाई ओलीको “ब्याक फयर” भनेर चर्चा हुन थालेको छ ।

‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयन्त्र अचम्मसँग सक्रिय छ,’ मदन भण्डारीको ६९ औं जन्मजयन्तीको कार्यक्रममा सरिक भएका प्रधानमन्त्री ओलीले भनेका थिए। ‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधूप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ,’ ओली आफ्नै प्रशंशामा रमाए ।  ‘दिल्लीका सञ्चारमाध्यमहरू सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइराखेको छ । यहाँका होटलहरूमा भइराखेका गतिविधिहरू, एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ ।’

वास्तवमा चौतर्फि असफलता पछि नक्शाको टेको लगाए पनि प्रधानमन्त्री ओलीलाई सरकार ढल्ने डरले सताएको छ । बलियो सरकारका कामकारवाही विवादित हुने तर प्रभावकारी नभएकोमा आलोचना खेपिरहेका ओलीले चुच्चे नक्शा जारी गरेको श्रेय लिएर राजनीतिक पकड बलियो बनाउन खोजे पनि नेकपा पार्टी मै उनी अल्पमतमा परिसकेका छन् । एकातिर मन्त्रिहरुका भ्रष्टाचारलाई आँखा चिम्लेको भन्दै आलोचित प्रधानमन्त्री कार्यशैलीका कारण नेकपाकै नेताहरुको चर्को आलोचनामा परेपछि सरकार बलियो नभएको निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्री ओली मनको बाघबाट डराएर सरकार गिराउन भारतले चलखेल गरेको आरोप लगाउँदै आफ्नो राष्टवादी छवि देखाएर सरकारमा टिकिरहन चाहन्छन् भन्ने देखिएको छ । सरकारको कार्यप्रगति र आफ्नो कार्य शैलीमाथि तेर्सिएको प्रश्न चिन्हको समाधान खोज्न छोडर प्रधानमन्त्री ओलीले सरकार गिराउने चलखेल देख्नु प्रधानमन्त्री ओली स्वयंले सरकार  कुनै पनि समयमा ढल्ने लख काटिसकेको अनुमान गर्न सकिन्छ । एकलौटी र स्वेच्छाचारी भएर पार्टी र सरकार चलाएकोमा पार्टी भित्रै कडा आलोचना भोगिरहेका ओलीले कोरोनाको औषधि खरिदमा भएको भ्रष्टाचारको छानविन गरी दोषि माथी कारवाही नगरेको प्रति जनआक्रोशको सामना गरिरहनु परेको थियो । सुशासन र विकासको प्रतिवद्धता पुरा गर्न नसकि चौतर्फी आलोचना भोगिरहेका प्रधानमन्त्रीले भारतले सरकार गिराउन प्रयास गरेको आरोप लगाए पछि उनको कुटनीतिक परिपक्वतामा समेत प्रश्न चिन्ह उठेको छ ।

आफ्नै नेतृत्वको सरकारको असफलता छोप्न भारतलाई गाली गरेर राष्ट्रवादी छवि देखाएर सरकार जसरी पनि ५ वर्ष चलाउने आफ्नै चाहनामाथि पछिल्लो अभिव्यक्ति ओलीको “ब्याक फयर” भएको चर्चा राजनीतिक, कुटनीतिक वृत्तमा चल्न थालेको छ । एकलौटी र मनोमानी पाराले सरकार र पार्टी संचालन गर्ने शैलीले ओली अफ्टेरोमा परिसकेका छन् । भारतको विरोध गरेर राष्ट्रवादी देखिने अभिव्यक्तिले प्रधानमन्त्री झन् धेरै अफ्टेरोमा परेका छन् । अब के होला ?  यसको प्रष्ट चित्र नेकपाको स्थायी समितिको वैठकबाट केही दिनमा नै आउला ! (लेखन : रविराज रिमाल) 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू