सोमवार, साउन ११, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

नेकपाको स्थायी कमिटी बैठक स्थगित, प्रधानमन्त्रीलाई पार्टी एकता कायम राख्न सुझाव

काठमाडौं, १७ असार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको श्रेष्ठले जानकारी दिए । अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए।

पार्टी एकता कायम राख्नुपर्नेमा जोड

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परामर्श बैठकमा नेताहरूले पार्टी एकता कायम राख्नुपर्नेमा जोड दिएका छन् । बैठकमा ओलीले आफूलाई सबैतिरबाट आक्रमण भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

नेकपाको पार्टी स्थायी समितिमा सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श थालेका हुन् । प्रधानमन्त्रीले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए ।

पार्टी वरिष्ठ नेताहरुले कुटनीतिक हिसाबले भारतसँगको सिमा समस्या समाधानमा लाग्नुको सट्टामा उत्तेजित अभिव्यक्ति दिइ छिमेकीहरुसँग सम्वन्ध बिगार्न प्रधानमन्त्री लागेको भन्दै पार्टी स्थायी समिति बैठकमा समेत कडा आलोचना  गरेका छन् ।

नयाँ नक्शा जारी गरे पछि रुष्ट भएको भारतले सरकार गिराउन लागेको र त्यसमा आफ्नै पार्टीका केही नेताहरुले पनि साथ दिएको विवादित अभिव्यक्ति दिए पछि कुटनीतिक रुपमा अपरिपक्व किसिमले बोलेको भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना भईरहेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू