(१७ असार, २०७७), नयाँदिल्ली । भारतले चीनलाई अर्को झड्का दिएको छ । बीएसएनएल र एमटीएनएलले आफ्नो ‘फोर जी’ टेण्डर रद्द गरिदिएका छन् । अब फेरी नयाँ टेण्डर खुल्नेछ । सरकारले बीएसएनएल र एमटीएनएललाई चीनको कम्पनिहरुबाट सामान नकिन्न निर्देश दिएको थियो । त्यसपछि टेण्डर बन्द गरिएको छ ।
अब नयाँ टेण्डरमा मेक इन इण्डिया र भारतीय टेक्नालोजीलाई प्रोत्साहन दिनको लागि नयाँ प्रावधान हुनेछ । स्पष्ट होस् कि बीएसएनएल र एमटीएनएलमाथी सबैभन्दा धेरै चिनको सामान किनेको आरोप लागेको थियो । यसपछि सरकारले निर्देश जारी गरी भारतका सरकारी कम्पनीहरुलाई चिनको कम्पनीहरुको सामान नकिन्न आग्रह गरेको थियो ।
टेलीकम मन्त्रालयको तर्फबाट जारी निर्देशनमा भनिएको छ कि फोर जी सुविधाको अपग्रेडेशनमा कुनै पनि चिनिया कम्पनीको सामानको प्रयोग नगरियोस् । पूरै टेण्डर प्रकियालाई नयाँ तरिकाबाट शुरु गर्न समेत आग्रह गरिएको छ । सबै निजी सेवा प्रदायकहरुलाई चिनिया प्रविधि र सामानमा निर्भर नहुन समेत निर्देशन दिएको छ ।
यो भन्दा पहिले एमटीएनएल और बीएसएनएलले चिनिया पाटपुर्जा प्रयोग नगर्ने निर्णय गरेका थिए । यसको अलावा भारतीय रेलवे सेवाले ४७१ करोड भारु लागतको प्रोजेक्ट रद्द गरेको थियो । यसको साथै एमएमआरडीएले पनि मोनोरेलसँग जोडिएको चिनिया कम्पनीको टेण्डर रद्द गरिदिएको थियो । यसैगरी महाराष्ट्र र तेलंगाना सरकारले पनि चिनिया कम्पनीसँग भएको ७८० करोड रुपैंयाको टेण्डर रद्द गरिसकेका छन् ।
चीनसँग सीमामा चर्काचर्की भईरहेको बेलामा भारतले ‘टिकटक’ र ‘हेलो’ समेत ५९ चिनीया ऐप्स माथि प्रतिबन्ध लगाएको छ । चिनिया एप्सले भारतको सम्प्रभुता और अखण्डता, भारतको रक्षा, राज्यको सुरक्षा र सार्वजनिक व्यवस्थाका लागि खतरा रहेको भन्दै २ दिन अघि नै त्यस्ता एप्सहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।
Add Comment