शनिबार, जेष्ठ २९, २०७८
समसामयिक समाचार

चिनको कब्जामा पूगेको भूमि फिर्ता ल्याउन माग गर्दै सिनामंगलमा विरोध प्रदर्शन

(१८ असार, २०७७) काठमाडौं । गोरखाको उत्तरी क्षेत्रमा पर्ने रुई गाउँ माथी चिनले कब्जा गरेको तथ्य बाहिर आए पछि काठमाडौं सिनामंगलमा जनताले बुधबार स्वतःस्फूर्त रुपमा चर्को नाराबाजी सहित विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारी जनताहरुले भारतसँगको विवादित क्षेत्र लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई नयाँ नक्शामा समावेश गरेको सरकारले चिनियाले कब्जा गरेको भूमिबारे ढाकछोप गरिरहेकोमा आक्रोश व्यक्त गर्दै विरोध प्रदर्शन गरेका छन् । चिनको कब्जामा पुगेको नेपाली भूमी फिर्ता ल्याउन प्रदर्शनकारीहरुले माग गरेका छन् ।

रुइ गाउँ हाम्रो हो, सगरमाथा हाम्रो हो, चिनको दलाली बन्द गर जस्ता नारा प्रदर्शनकारीले लगाएका थिए । राष्ट्रिय एकता अभियानको पहलमा भएको प्रदर्शनमा स्थानीय जनता, सिनामंगल क्षेत्रका व्यापारी, व्यवसायिहरुले स्वतःस्फूर्त रुपमा सहभागिता जनाएका अभियानका संयोजक विनय यादवले बताए । चिनले नेपालको गाउँ कब्जा गरेको समाचार सञ्चारमाध्यममा आए पछि जनताहरु चिन विरुद्ध आक्रोशित भई प्रदर्शनमा उत्रिएका हुन् । (फोटो: मोहन श्रेष्ठ)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू